ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नेपाल नजाने

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटि बैठकमा नजानुहुने भएको छ ।

आज साँझको लागि बोलाइएको स्थायी कमिटि बैठकमा उहाँ सामेल नहुने बताउनुभएको हो । आज साँझ ५ बजे बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठकमा उहाँ नजानुहुने भएको हो ।

आइतबार एमाले कार्यदलले सहमति गरेसँगै नेपाल पक्ष पनि बैठकमा सहभागी हुने बताइएको थियो। आइतबार भएको सहमतिबाट वरिष्ठ नेता नेपाल भने असन्तुष्ट बन्नुभएको थियो ।

सेयर गर्नुहोस
  • 51
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

प्रतिक्रिया दिनुहोस !