‘मैले गरेको काम प्रति खुसि छु’ : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकारबाट बाहिरिँदा रत्तीभर चिन्ता नभएको दाबी गरेका छन् । सोमबारको सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीबाट बिदा हुनुअघि सम्बोधन गर्दै ओलीले आफूले देश र जनताको पक्षमा काम गरेकोले कुनै चिन्ता नभएको बताएका छन् । उनले आफ्नो नेतृत्वमा चौतर्फी विकास भएको दाबी समेत गरे । साथै आफुले गरेको काम प्रति आफु खुसि रहेको उल्ल्लेख गरेका छन्।

कुनै व्यक्तिको इच्छा पूरा गर्न नेपालको संविधान र लोकतान्त्रिक प्रणालीमा खेलाँची भएकोमा चिन्ता रहेको उल्लेख गरे । उनले नेपालका लागि चाहिने कोभिड खोपको आफूले व्यवस्थापन गरेको पनि दाबी गरे । उनले छोटो समयमै नागरिकका लागि खोपको व्यवस्था गरेको दाबी गर्दै सन् २०२१ भित्र सबै जनतालाई खोप सुविधा पाउने बताए । १ करोड ३६ लाख डोज खोप सुनिश्चित भएको दाबी गर्दै केही महिनामा सबै नेपालीले खोप लगाउन पाउने दाबी गरे ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !