ओलीद्वार देउवाको शपथ बहिष्कार

निवर्तमान प्रधानमन्त्री केपी ओलीले शेरबहादुर देउवाको शपथ बहिष्कार गरेका छन् । निवर्तमान प्रधानमन्त्री पद हस्तान्तरणका लागि जाने प्रचलन भएपनि उनी शीतल निवासमा देखिएनन् । ओलीलाई सर्वोच्च अदालतले सरकारबाट विस्थापित गरेर देउवालाई प्रधानमन्त्री बनाइदिएको थियो ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीतलनिवासमा सपथ खुवाएकी हुन् ।

विद्यादेवी भण्डारीले जारी गरेको वक्तव्यमा विवाद देखिएपछि शपथ ग्रहण कार्यक्रम ढिला गरी शुरु भएको थियो । ६ बजे शुरु हुने भनिएको कार्यक्रम ८ बजेपछि मात्र शुरु भएको हो । यस बारे अन्य नेताहरुले भने केहि प्रतिक्रिया जनाएका छैनन।

सेयर गर्नुहोस
  • 54
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

प्रतिक्रिया दिनुहोस !