१० लाख धरौटीमा छुटे गच्छदार, अब पालो इँटा भट्टामा मान्छे पो’ल्ने अफताब आलमको

विशेष अदालतको फरार सूचीमा रहेका पूर्वमन्त्री विजयकुमार गच्छदार काँग्रेस नेतृत्वको सरकार गठन भएलगत्तै बुधबार बिहानै विशेष अदालतमा हाजिर भएर बयान दिएका हुन् । उनले बिहान १० बजे विशेष अदालतमा हाजिर भएर बयान दिएका थिए ।

ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदारसँग विशेष अदालतले २०५९ को ऐनको दफा ७ (घ) बमोजिम १० लाख रुपैयाँ बराबरको नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी माग गरेको थियो । सो धरौटी रकम नबुझाए नियमअनुसार कैद गर्न विशेष अदालतले भनेको थियो । तर गच्छदारले धरौटी बापतको १० लाख रुपैयाँ नगद बुझाएर छुटेका छन् । उनले अदालतबाट बाहिरिने क्रममा आफूविरुद्ध पूर्वाग्रही ढंगले मुद्दा दायर गरिएको प्रतिक्रिया दिएका थिए ।

यस्तै प्रधानमन्त्री देउवाले रौतहटको गढीमाई नगरपालिकास्थित धरमपुर सिंगारवनमा विष्णु पुराण महायज्ञको बुधबार उद्घाटन गर्दै राजपुर ब’म’का’ण्ड’को आ’रो’प’मा प’क्रा’उ परेका पूर्वमन्त्री एवम् सांसद अफताब आलमको रि’हा’ईका लागि आफूले पहल थाल्ने बताएका हुन् । उनले भने ‘आलमजी अहिले जे’ल’मा हुनुहुन्छ, म आफ्नो तर्फबाट आफ्नै किसिमले छुटाउन लागिरहन्छु ।’ उनले कार्यकर्तालाई धैर्य रहन अनुरोध पनि गरे।

राजपुर बमकाण्डको १२ वर्षपछि प्रहरीले पूर्वमन्त्री आलमलाई २०७६ असोज २६ गते इद्रिस गेटबाट पक्राउ गरेको थियो । विस्फोटमा परी मृ’त्यु भएका र घा’इ’ते भएकाहरुलाई नजिकैको इँटा भट्टामा लगेर पो’ले’को आलम माथि आरोप लागेको छ ।

सेयर गर्नुहोस
  • 240
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    240
    Shares

प्रतिक्रिया दिनुहोस !