अ’वै’ध रुपमा अमेरिका जान खोज्ने सात नेपाली डुंगा दु’र्घ’ट’ना हुँदा बेपत्ता

बिनाभिसा गैरकानुनी रूपमा अमेरिका जान खोज्ने सात नेपाली डुंगा दु’र्घ’ट’नामा बेपत्ता भएपछि प्रहरीले उनीहरूलाई पठाउने एजेन्टको खोजी अभियान तीव्र पारेको छ। बिहीबार बिहान दाङको घोराही उपमहानगरपालिका-१४ मिलन चोक बस्ने गोमा जिसीलाई प’क्रा’उ गरिएको उच्च प्रहरी अधिकारीले बताए।

‘गोमाजीको नाममा केन्द्रबाटै वा’रे’न्ट जारी गरी जिल्लामा पठाइएको हुँदा हामीले प’क्रा’उ गरेर उहाँलाई काठमाडौं पठाइसक्यौं,’ ती प्रहरी अधिकारीले भने। गोमाका श्रीमान् टोपबहादुर जिसी यसअघि पनि संगठित मानव त’स्क’र गरेको अभियोगमा अदालतमा मु’द्दा परेपछि १५ लाख ध’रौ’टी’मा छु’टेका थिए। बिनाभिसा गैरकानुनी रूपमा युवालाई अमेरिका पठाएको अभियोग खेपेका टोपबहादुर अहिले युक्रेनमा रहेको स्रोतले बताएको छ।

असार ७ गते बिहान नेपालका ८ जना र १० बंगलादेशी नागरिक सवार डुँगा कोलम्बियाको समुद्रमा दु’र्घ’ट’ना’मा परेको थियो। त्यसमध्ये एक नेपाली र पाँच बंगाली नागरिक पौ’डी खेलेर ज्यान जोगाउन सफल भएका थिए। पौडी खेलिरहेका उनीहरूको सशुकल उद्धार भएको थियो।
डुंगा दु’र्घ’ट’ना’मा परी तुलसीपुर उपमहानगरपालिका-१२ का २८ वर्षीय हेमराज अधिकारी, बबई गाउँपालिका-५ का २७ वर्षीय रेशम बैंगा मगर र घोराही उपमहानगरपालिका-१२ का २१ वर्षीय एन्जल बुढा मगर बे’प’त्ता रहेको भनेर आफन्तले प्रहरीमा जाहेरी दिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन्।

जसमध्ये घोराहीका बुढाको परिवारले उनको मृ’त्यु कर्मसमेत गरिसकेको छ। आफन्त गु’मा’एका अन्य परिवार भने अन्यौलमा छन्। उनीहरूले अमेरिका पठाउने एजेन्टलाई हालसम्म २७ देखि ३५ लाखसम्म रकम बुझाएको बताएका छन्। दु’र्घ’ट’ना’मा परी पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा अझै बेपत्ता छन्। दाङ, पर्वत, म्याग्दी र स्याङ्जाका युवालाई संगठित मानव तस्करहरूले चोर बाटोमार्फत अमेरिका प्रवेश गराउन खोज्दा डुंगा दु’र्घ’ट’ना’मा परेको थियो।

मानव त’स्क’री’को यो घ’ट’ना’मा गोमाको संलग्नता के थियो भन्ने प्रहरीले सार्वजनिक गरेको छैन। मानव बे’च’बि’ख’न तथा अ’नु’स’न्धा’न ब्युरोकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दुर्गा सिंहले काठमाडौं ल्याएर उनीमाथि थप अनुसन्धान गरिने बताइन्। ‘हामीले उहाँलाई पुर्जी नै जारी गरेर प’क्रा’उ गरेका छौं। उहाँलाई काठमाडौं ल्याइँदैछ। हाम्रो टोली पनि गएको छ,’ सिंहले भनिन्,’उहाँलाई पनि त्यही घ’ट’नासँग सम्बन्धित भएर हामीले नि’य’न्त्र’णमा लिएका हौं। यहाँ ल्याएर हामीले अ’नु’स’न्धा’न गर्छौं। विस्तृत अ’नु’स’न्धा’न’पछि उहाँ एजेन्टकै श्रीमतीमात्रै हो वा एजेन्ट नै हो भन्ने थाहा हुन्छ। अरू अ’नु’स’न्धा’न’पछि खुल्ला।’

सेयर गर्नुहोस
  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

प्रतिक्रिया दिनुहोस !