भ्वाइसकी सुजिता योञ्जन चौरमा चटपटे बेच्ने साथी एलिनालाई किन भेट्न गईन् ?

भ्वाईस अफ नेपालबाट बाहिरिएकी सुजिता योन्जन आफ्नो साथीलाई भेट्न पुगेकी छिन् । भ्वाईसको नक आउटबाट बाहिरिएकी सुजिता आफ्नो साथीलाई हौसला दिन उनले चटपटे बेच्ने गरेको चौरमा पुगिन । त्यहाँ पुगेर सुजिताले चटपटे खाँदै दुख सुखका कुरा गरिन् । शिशिर भण्डारीले पछिल्लो समय एलिनाको कथा मिडियामा ल्याईरहेका छन् । बुढि आमालाई पाल्नका लागि आफुले जानेको शिपहरु गर्दै आएकी एलिनाले यसअघि पनि घर बनाउने काम गर्दै आएकी थिईन् । भ्वाइस्को व्याटल राउण्डबाट बाहिरिएकी एलिना काम ठुलो सानो हुँदैन भन्छिन् ।

सुजिताले एलिनाले सानैदेखि सँघर्ष गरेको हुनाले उनले उचित अवसर पाउनु पर्ने बताईन् । साथीको बारेमा चिन्ता व्यक्त गर्दै सुजिताले चाँडै नै उनले गीत गाउने अवसर पाए आफु खुशी हुने बताईन् । दुवै मिलेर आ आफ्नो गृह जिल्लाको गीतहरु गाए । एलिनाले आफ्नो गीत पनि छिट्टै आए आफु खुशी हुने बताईन् । भिडियो हेर्नुस

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

प्रतिक्रिया दिनुहोस !