ओलिपक्षको बैठक रोक्न नेपालपक्षका बैठकस्थलमा, ओलीले दिए कडा जवाफ

च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा भइरहेको स्थायी कमिटीको बैठक रोक्न अनुरोध गर्दे वरिष्ठ नेता माधवकुमार नेपालका नेताहरू बैठक  स्थलमा पुगेका छन्।

अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका नेताहरूको बैठक बसिरहेका बेला नेपाल पक्षका नेताहरू उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट लगायतका पुगेका हुन् । उनीहरूले आफूहरू बैठकमा सहभागी हुन नभई बैठक रोकौं भन्नका लागि आएको बताए।उनीहरु  पार्टी विवाद समाधान कार्यदलका सदस्य समेत हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक रोक्न अस्वीकार गरेका छन् । ओलीले बोलाएको स्थायी समिति बैठक केही दिन रोक्न र पार्टी एकतामा जोड दिन माग गर्दै उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुषाल लगायतका नेताहरू ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान पुगेका थिए । बैठकस्थल पुगेर रावल लगायतका नेताहरूले पार्टी एकता जोगाउन र कार्यदलको प्रस्ताव कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर ओलीले बैठक नरोक्ने अडान दोहोर्‍याउँदै बैठक जारी राखेका थिए । त्यसपछि रावल लगायतका नेताहरू बैठकस्थलबाट बाहिरिएका थिए ।

 

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !