जनता समाजवादी पार्टी भित्र अर्को नयाँ समूह निर्माण

नेपालमा अहिले राजनीतिक माहोल निकै तातिरहेको छ। सरकार ढलाउने देखि लिएर पार्टी फुटाउने कुराले माहोल निकै ताती रहेको छ। फुटको संघारमा रहेको नेकपा एमाले एकता हुनको लागि अनेक प्रयास गरिरहेको छ भने माओवादी केन्द्रपनि एक हुने पहल गरिरहेको छ। यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र पनि नया समूह गठन भएको छ।

ओली सरकार ढलेसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा) महन्थ ठाकुर पक्षमा त्यसको ‘साइडइफेक्ट’ देखिन थालेको छ । ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा सहभागी भएपछि उक्त पार्टीमा दुई पक्षीय विवाद उग्र बनेको थियो। ठाकुर पक्षका केही सांसदले पनि उनको साथ छाडेर नयाँ समूह निर्माण गरेका छन् ।यसरी छुट्टै समूह बनाउनेमा महन्थ ठाकुर पक्षका प्रतिनिधिसभा सदस्यहरु प्रमोद साह,अमृता अग्रहरी,रानी मण्डल,नरमाया,रुही नाज,रामदुलारी खतवनी लगायत रहेका छन् ।

ठाकुर समूहबाट विद्रोह गरेर छुट्टै समूह बनाएकाहरुले जसपाको दुबै पक्ष (ठाकुर र उपेन्द्र यादव) ले बोलाएको बैठकमा नजाने उल्लेख गरेका छन्। पार्टी र मधेश आन्दोलन र मुद्दाप्रति समर्पितलाई पार्टीमा किनारा लगाई ठाकुर र राजेन्द्र महतोहरूले आफू निकटलाई अगाडि बढाउन खोजेको उनीहरुको गुनासो छ ।

सेयर गर्नुहोस
  • 525
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    525
    Shares

प्रतिक्रिया दिनुहोस !