ओलीलाई साथ दिने ठाकुर पक्षको घोषणा, वार्तामा अरु के-के कुरा भए ?

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छोटो सत्ता यात्रा गरेको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले अब ‘ओली लाइन’ मै सामेल हुने प्रतिवद्धता जनाएको छ। ओली निवास बालकोटमै पुगेर ठाकुर पक्षले देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन पनि नगर्ने र विश्वासको मत पनि नदिने प्रतिवद्धता जनाएको हो।

ठाकुर पक्षका एक नेताले देश सञ्चारसँग भने, ‘ओलीजीले देउवा सरकारलाई समर्थन नगर्ने प्रतिवद्धता हामीबाट खोज्नु भएको थियो। हाम्रो पनि इच्छा त्यही नै हो। सर्वोच्च अदालतको फैसलालाई हामीले एकै नजरबाट हेरेका छौँ। देउवा सरकारलाई न समर्थन गर्न सकिन्छ न विश्वासको मत दिन सकिन्छ। यी विषयमा हामी एक भएका छौँ।’ ठाकुरसँगै राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा शुक्रबार ओलीलाई भेट्न बालकोट पुगेका थिए। उनीहरुकै पार्टीको उपेन्द्र यादव पक्ष संसद पुनस्र्थापना र देउवा नेतृत्वको सरकार निर्माणका लागि संघर्षमा थियो।

सेयर गर्नुहोस
  • 623
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    623
    Shares

प्रतिक्रिया दिनुहोस !