नायक पल शाहसंग समाचार वाली श्री पाण्डेको रोमान्स (भिडियो सहित)

अहिलेका चर्चित मोडल तथा नायक पल शाह र समाचार वाली भनेर भाइरल भएकै समाचार वाचिका श्री पाण्डे अभिनित नया म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘फूलकुमारी’ बोलको उक्त गीतको भिडियोमा पल र श्रीको केमेस्ट्रि देख्न सकिन्छ।

टिकटकमा एकाएक समाचार वाली भनेर चर्चामा आएकी श्री पाण्डे भाइरल भएपछि मोडलिङ्ग फिल्डमा आएकी हुन् भने पल शाहलाई नेपाली मोडलिङ्ग क्षेत्रका राजा भनेर पनि भन्ने गरिन्छ। सार्वजनिक गीतमा डाक्टर प्रकाश पौडेलको शब्द, राजनराज सिवाकोटीको स्वर तथा संगीत छ । यस्तै भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन रहेको छ। पल र श्रीको जोडीलाई पनि धेरै दर्शकहरुले मन पराएका छन्। गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ। गीतको भिडियो हेर्नुहोस् :

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !