हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अस्पताल भर्ना, एकाएक के भयो ?

हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । मिर्गौला सम्बन्धी समस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएको कलाकार निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् ।

केहि महिना अगाडी उनको मिर्गौला सम्बन्धि समस्यामा देखिएको थियो । सोहि समस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् । तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि समस्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो । कलाकार दीपाश्रीका अनुसार उनले मिर्गौला समस्याका कारण केही समयदेखि डायोलोसिस गर्दै आएकी थिइन् । अहिले भने डायोलोसिस गर्न समेत समस्या परेकोले डाक्टरले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् । दीपाले पल्पसाको अवस्थाको बारेमा आफ्नो सामाजिक संजाल फेसबुकबाट जानकारी गराएकी छिन । उनले पल्पसाको फोटो सेयर गर्दै स्वास्थ्य लाभको कामना गर्न र सहयोग गर्न समेत अनुरोध गरेकी छिन।

विगत १३ वर्षदेखि नियमित रुपमा ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी उनले अन्य केही सिरियल, म्युजिक भिडियो लगायतमा अभिनय साथै निर्देशन समेत गरेकी छन् । उनकै निर्देशन र अभिनय रहेको सिआइडी सिरियल ‘दृष्टि’ समेत दर्शकले रुचाएका थिए । हाम्रो तर्फ़बाट पनि कलाकार पल्पसा डंगोललाई शिघ्र स्वास्थ्य लाभको कामना।

सेयर गर्नुहोस
  • 556
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    556
    Shares

प्रतिक्रिया दिनुहोस !