शङ्कर पोखरेलले नेता नेपाललाई भेटेपछि किन दिए यस्तो प्रतिक्रिया ?

ओली पक्षका एमाले नेता शङ्कर पोखरेल आइतबार बिहान कार्यदलका सदस्यहरू नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । कोटेश्वरबाट फर्किए लगत्तै नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा नेता नेपालले कार्यदलको प्रस्ताव अस्वीकार गरेको जनाएका हुन् ।

१० सदस्यीय कार्यदलले प्रस्ताव गरेको प्रतिवेदन वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेपछि पार्टी एकताका लागि गरेको तीन महिनाको मेहनत खेर गएको बताएका छन् । ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो’, पोखरेलले भनेका छन् ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !