देउवालाई विश्वासको मत दिने बारे के भन्छिन राम कुमारी झाक्री ?

काठमान्डौ, नेतृ रामकुमारी झाँक्रीले अदालतको परमादेशपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु आफूहरूको कर्तव्य भएको बताएकी छन् । नेतृ झाँक्रीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा आफूहरूले संविधानको धारा ७६ को उपधारा ५ अनुसार देउवालाई १४९ जना सांसदले समर्थन गरेको भन्दै त्यसमध्ये १४६ जनाले सर्वोच्चको ढोका नै ढक्ढक्याएकाले देउवालाई मत दिनुपर्ने बताएकी हुन् ।

‘हामीले ७६ (५) को प्रमको लागि सङ्घीय संसद्का माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढक्ढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिँदैन भने सांसदहरूलाई संसद्को पुरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौँ। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौँ।’

सेयर गर्नुहोस
  • 950
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    950
    Shares

प्रतिक्रिया दिनुहोस !