एमाले फ़ुटाउन देउवाको षड्यन्त्र ? आज नै विस्वासको मत लिनु रहस्यमयी

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै विश्वासको मत लिने निर्णयको पछाडि आफ्नो पार्टीलाई विभाजन गर्ने दुराशय रहेको ठहर गरेको छ ।

पार्टीको आइतबार बसेको स्थायी कमिटीको बैठकले षडयन्त्रपूर्वक ढङ्गले आज विश्वासको मत लिन लागिएको निष्कर्ष निकालेको हो । स्थायी कमिटीको बैठकको निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘एमाले कतै मिलिहाल्छ कि भन्ने डरले वा एमालेलाई विभाजन गराउने प्रयासबाट आज विश्वासको मत लिने निर्णय गरेको देखिन्छ ।’

प्रवक्ता ज्ञवालीले माधव नेपाल पक्षलाई विश्वासको मतको विपक्षमा उभ्याउने गरी आज बिहान भएको प्रयत्न असफल भएको पनि जानकारी दिए । ‘माधव नेपालले अरू कसैले विश्वासको मतको पक्ष मत नदिए पनि आफू एक्लैले भए पनि पक्षमा मत दिने अडान लिनुभयो । सिङ्गो एमालेले विपक्षमा मतदान गर्ने परिस्थिति बनेन,’ उनले भने, ‘उहाँले नयाँ कोर्समा अगाडि बढ्ने एक खालको निर्णय गरिसक्नुभएको रहेछ । वहाँ अब एमालेमा रहनुहुन्न ।’

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार