भिम रावलको राजीनामा प्रति झाक्रीले के भनिन ?

सांसद रामकुमारी झाँक्रीले नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सांसद् पदबाट दिएको राजीनामा व्यक्तिगत भएको प्रतिक्रिया दिएकी छिन।

झाक्री कडा रुपमा प्रस्ततु हुदै आफ्नो समूहमा कुनै बिग्रह नआएको र रावलले राजिनामा दिएर संविधान नजोगिने उनले तर्क थियो । उनि भन्छिन हतियार फालेर संविधानको रक्षा हुदैन।

रावलले प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि राजिनामा दिएका हुन्। उनी नेकपा एमालको विवाद समाधानका लागि विगठित कार्यदलमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट संयोजक रहेका थिए।

माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिएको बुझिएको छ।

आइतबार बिहान कार्यदलका सदस्यहरुले विश्वासको मत दिनेबारे पार्टीबाट संस्थागत निर्णय गराउन नेता नेपाल समक्ष गरेको प्रस्ताव अस्वीकार गरेका थिए । रावल यसबाट असन्तुष्ट रहेका छन् ।

सेयर गर्नुहोस
  • 353
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    353
    Shares

प्रतिक्रिया दिनुहोस !