माधव पक्षका कुन-कुन नेताले भोट हालेनन ?

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा एमाले माधव नेपाल पक्षका केही सांसदहरू तटस्थ बस्ने भएका छन् । एमाले माधव पक्षका सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका नेताहरू तटस्थ बस्न लागेका हुन् ।

उनीहरूले पार्टी एकतालाई जोगाउन विश्वासको मतको पक्ष र विपक्षमा कतै नउभिने निर्णयमा पुगेको बुझिएको छ । यसअघि माधव नेपाल पक्षीय नेताहरूको बैठकमा भीम रावलले देउवाको विपक्षमा मतदान गर्न प्रस्ताव राखेका थिए ।

तर, अर्का नेता घनश्याम भुसालले त्यसो गर्न नहुने बताएपछि रावलले सांसद पदबाटै राजीनामा दिए ।रावलको राजीनामापछि नेपाल पक्षका नेताहरूले देउवाको पक्षमा मतदान गर्ने कि तटस्थ बस्ने भन्नेबारे छलफल गरेका थिए ।

यस क्रममा स्थायी कमिटीका नेता योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले पार्टी एकता बचाउनका लागि तटस्थ बस्ने निर्णय गरे । अन्ततः भुसालले पनि आफ्नो टिम नछोड्ने भन्दै तटस्थ बस्ने निर्णय सुनाएको एक नेताले बताए ।

पदाधिकारीसहित स्थायी कमिटीका चार नेता तटस्थ बस्ने भएपछि माधव नेपाल समूहका २३ सांसदमध्ये अरू पनि केहीले तटस्थ बस्ने नीति लिने भएको बुझिएको छ । नेपाल निकट स्रोतका अनुसार आधा दर्जन बढी सांसद तटस्थ बस्ने भएका छन् ।

सेयर गर्नुहोस
  • 426
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    426
    Shares

प्रतिक्रिया दिनुहोस !