नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन सुरु

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन सुरु भएको छ । टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन सुरु गरेको हो । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी टिजिगले ‘एन्टी क्यान्सर’ सम्बन्धी औषधिहरूको अनावरण गरेको हो ।

टिजिगका कार्यकारी निर्देशक शैलेश बैद्यले क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने टिजिग फर्मा प्राइभेट लिमिटेड नेपालकै पहिलो भएको बताए । उनले एक महिनाभित्र केही औषधि व्यवसायिक रुपमा बजारमा पुग्ने समेत जानकारी दिए ।

उनले अत्याधुनिक प्रविधिमा बनाइएको फेक्ट्री डव्लुएचओको जीएमपी स्टान्र्डड र औषधि उत्पादन संहिता २०७३ अनुरुप बनाइएको र नेपालकै नमूना फेक्ट्री भएको समेत दावी गरे ।

टिजिगले अहिले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको छ भने त्यसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन् । एन्टीक्यान्सर औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने उनको दावी थियो ।

सेयर गर्नुहोस
  • 65
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    65
    Shares

प्रतिक्रिया दिनुहोस !