CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार टेलिफोन वार्ता भएको छ । फोन वार्ताका क्रममा प्रधानमन्त्री मोदीले देउवालाई बधाई तथा शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।
यस्तै मोदीले कोरोना महामारी लगायत विषयमा सहकार्य गरेर अघि बढ्ने कुरा पनि राखेका थिए । सो क्रममा देउवाले बधाई दिएकोमा मोदीलाई धन्यवाद दिँदै साझा विषयहरुमा मिलेर काम गर्न तयार रहेको धारणा राखेको बताइएको छ ।
प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत देउवासँग टेलिफोन वार्ता भएको पुष्टि गर्दै लेखेका छन्ः
Spoke with Prime Minister @DeubaSherbdr to convey my congratulations and best wishes. We will work together to further enhance the wide-ranging cooperation between India and Nepal, including in the fight against the COVID-19 pandemic.
— Narendra Modi (@narendramodi) July 19, 2021
यसअघि आइतबार पनि संसदबाट विश्वासको मत जितेपछि मोदीले देउवालाई बधाई दिएका थिए । तर केहि दिन अगाडी भने मोदीले बधाई नदिएको भन्दै विभिन्न व्यतीहरुले टिका टिप्पणि गरेका छन्।
टेलिफोनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जतिसक्दो चाँडो कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
यस्तै यस्तै कुराकानी कै क्रममा शेर बहादुर देउवालाई मोदीले भारतले दिन बाँकी १० लाख अस्ट्राजेनेका (कोभिसिल्ड) खोपको मात्रा जतिसक्दो चाँडो उपलब्ध गराउने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै मोदीले देउवालाई बधाई तथा शुभकामना समेत दिएका थिए । द्धिपक्षीय हितलाई थप प्रगाढ बनाउने बारेमा पनि दुई समकक्षीबीच छलफल भएको जनाइएको छ ।