भिम रावलको राजीनामा सभामुख बाट किन स्वीकृत भएन?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आइतबार प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिए। राजीनामा दिए पनि सभामुख अग्निप्रसाद सापकोटाले उनको राजीनामा स्वीकृत भएकोबारे सोमबार दिउँसोसम्म औपचारिक सूचना प्रकाशित गरेका छैनन्।

संविधानको धारा ८९ को (क) अनुसार सांसदले राजीनामा दिएपछि उक्त स्थान रिक्त भएको मानिन्छ। सभामुखले स्वीकृत वा अस्वीकृत गर्न सक्ने व्यवस्था संविधानमा छैन।

प्रतिनिधि सभा नियमावलीमा सांसदले राजीनामा दिएपछि सभामुखले स्थान रिक्त भएको सूचना निकाल्नु पर्ने व्यवस्था छ। नेकपा एमालेका सांसद् भीम रावलले संसद पदबाट आइतबार राजीनामा दिएको घोषणा गरेका थिए ।

माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिएको खबर आएको हो।

सेयर गर्नुहोस
  • 1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares

प्रतिक्रिया दिनुहोस !