देउवालाई मत हाल्ने २२ एमाले साम्सदलाई के हुन्छ त का’र’वा’ही ? के भन्छन ओली ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

सोमबारको केन्द्रीय समिति बैठक सकेर एमाले स्थायी समिति सदस्यहरु अध्यक्ष केपी ओलीको नीजि निवास पुगेका छन् । बालकोटस्थित अध्यक्ष ओलीको निवासमा अनौपचारिक छलफलका लागि स्थायी समिति सदस्यहरु त्यहाँ पुगेका हुन् ।

सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

तर, उनीहरुलाई कस्तो कारवाही गर्ने भन्नेमा एमाले नेताहरुमा मतभेद रहेको छ । कतिपयले सर्वोच्चको फैसला अनुसार उनीहरुलाई देउवालाई मत दिएकै आधारमा का’र’वा’ही गर्न नमिल्ने धारणा राख्दै आएका छन् ।

तर यस्तो मत राख्नेहरूको संख्या झिनो रहेको छ । स्रोतका अनुसार अध्यक्ष ओली फ्लोर क्रस गर्ने नेताहरुलाई पार्टीको साधारण सदस्य नै नरहने गरी कारवाही गर्नुपर्ने पक्षमा छन् ।

यद्यपी यसबारे उनीहरुले दिने जवाफका आधारमा मंगलबार बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।

‘खासगरी स्प’ष्टी’करण सोधिएका नेताहरुलाई कस्तो कारवाही गर्ने भन्नेमा छलफल गर्न अध्यक्षकोमा स्थायी समितिका सदस्यहरुबीच अनौपचारिक छलफल राखिएको हो’, ओली पक्षीय एक स्थायी समिति सदस्यले भने, ‘चित्तबुझ्दो जवाफ आएन भने पार्टीको साधारण सदस्य नै नरहने गरी कार’वाही गर्ने वा के गर्ने भन्नेमा समान धारणा बनाउन छलफल जरुरी भएको हो ।’ हालसम्म चित्तबुझ्दो स्प’ष्टि’करण नदिए कस्तो कारवाही गर्ने भनेर ओलीले केहि घोषणा भने गरेका छैन।

सेयर गर्नुहोस
  • 478
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    478
    Shares

प्रतिक्रिया दिनुहोस !