नायक पुष्प खड्काले ७० लाख पर्ने कुन गाडी किने ? ७ तश्विरमा हेर्नुहोस

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेपाली चलचित्र क्षेत्रका अहिलेका चर्चित अनि लोकप्रिय नायक पुष्प खड्काले गाडी किनेका छन्। नेपाली सिने क्षेत्रमा लामो समय देखि संघर्ष गर्दै आएका अभिनेताले ७० लाख पर्ने गाडी किनेका हुन्।

फिल्म र म्यूजिक भिडियोमा काम गरेरै कैलालीमा पक्की घर बनाएका पुष्पले सोमवार करीब ७० लाख पर्ने हुन्डाइको क्रेटा गाडी आफ्नो घर भित्राएका हुन् ।

घर र गाडी जोडिसकेका उनी आफूले देखेका केही सपना पूरा हुँदै गएको बताउँछन् । तर, सम्पत्ति जोड्नु आफ्नो कहिल्यै ठूलो सपना नरहेको उनको भनाई छ । उनी भन्छन्, ‘यो भनेको आफ्नो आवश्यकता अनुसार जोड्दै जाने कुरा हो ।

नयाक पुष्पका अनुसार उनको सपना भनेको पहिला देखि नै एउटा राम्रो कलाकार हुने हो र सधै यहि नै हुने छन्। हाल ‘मनोरंजन’ क्षेत्रमा लागेर जीवन चलाउन दुख नहुने उनको भनाइ छ।

पहिलो म्यूजिक भिडियोमा तीन हजार पारिश्रमिक पाउँदाको क्षण सम्झँदै उनी भन्छन्, ‘पहिलो म्यूजिक भिडियोमा काम गरेबापत पाएको पारिश्रमिकबाटै मलाई अभिनयमा लागेर जीवन चलाउन सकिन्छ भन्ने लागेको थियो ।

उनि भन्छन ‘मैले संघर्षको समयदेखि आजसम्म आमा बुबासँग पैसा मागेको छैन । मिहिनेत र आफूमा विश्वास गर्ने हो भने अभिनयमा लागेर सोचेका कुरा पूरा गर्न गाह्रो हुन्न ।’

लकडाउन खुलेसंगे नायक पुष्प खड्का म्युजिक भिडियोमा धेरै ब्यस्त छन्। अगाडि उनी अभिनीत फिल्म ‘कृष्ण लीला र मनसँग मन’ प्रदर्शनको मुखमा थियो। अहिले फिल्म हल खुल्ने आत्तो पत्तो छैन।

अभिनेता पुष्प खड्काको चलचित्र ‘तिम्रो मेरो साथ’ पनि प्रदर्शनको पखाईमा छ । उनि नेपाली चल्तीका नायक मध्य एक नायक हुन्। उनले गाडि किने संगै महंगा गाडी चड्ने नेपाली कलकारको सुचिमा पर्न सफल पनि भएका छन्।

सेयर गर्नुहोस
  • 208
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    208
    Shares

प्रतिक्रिया दिनुहोस !