CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा आउने चाहनेलाई पार्टीमा स्वागत रहेको तर, वरिष्ठ नेता माधवकुमार नेपाललाई भने नभएको आक्रोश व्यक्त गरेका छन् ।
सोमबार पार्टी केन्द्रीय कमिटीको बसेको बैठकमा बोल्दै उनले नेता नेपालबाहेक अरु सबैलाई स्वागत रहेको भन्दै आक्राश पोखेका हुन् ।
उनले भने, ‘पार्टीमा आउन चाहने साथीहरु आउनुस्, स्वागत छ । तर माधव नेपाललाई यस पार्टीमा स्वागत छैन ।’
अध्यक्ष ओलीले नेता नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार भएको पनि बताएका छन् । अपराध गर्ने, सरकार ढाल्नेलाई कदापि क्षमा नहुने उनको भनाइ छ ।
आइतबार संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालसहित २२ सांसदले मत दिएका थिए । उनीहरुलाई एमालेले २४ घण्टे स्पष्टीकरण पनि सोधेको छ ।