पार्टी बिहिन माधव नेपाल समूह ? के आधारमा सरकारमा जादै छन् ?

CLICK HERE AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

ओली देखि छुट्टिएर अलग भएका माधव कुमार नेपाल समूह अहिले पार्टी बिहिन जस्तै भएका छन्। उनले र उनका समुहमा रहेका नेताहरुले पछिल्लो समय देखि गरिरहेको क्रियाकलाप बाट पनि छर्लङ्ग हुन्छ।

१० बुधे सहमति सहित एक हुन लागेको एमाले नेपाल समूहका नेता र ओली समुहका केहि नेताले शेर बहादुर देउवालाई विस्वासको मत हालेपछि लगभग पार्टी एकता सकिएको छ।

ओलीले भने सधै एमाले पार्टीमा भन्दै आएका छन् भने नेपालपक्षले ओलीको अध्यक्षमा काम गर्न नसक्ने बताउदै आएको र अहिले उनि सरकारमा जाने तयार गरिरहेका छन।

एमालेका २२ नेताले शेर बहादुर देउवालाइ भोट हालेपछि पार्टीको नियम विपरीत भोट हालेको भन्दै ओली पक्षले स्पष्टिकरणको लागि २४ घण्टे अलिमेटम दिएको थियो।

उक्त स्पष्टिकरण देउवा पक्षले के को आधारमा दिने भनेर प्रस्न गरेका छन। हामी स्पष्टीकरणको जवाफ नदिने निष्कर्षमा पुग्यौ । हामीले पार्टी मानेकै छैनौ, अनि उनीहरूले गरेको निर्णयको जवाफ दिने कुरै भएन’, चौधरीले भने, ‘स्पष्टीकरणको कुनै अर्थ पनि छैन ।

अर्थ हुनलाई एमाले हुनुपर्यो ।’उनले पार्टी विवादपछि कोही एमाले नरहेको भन्दै दुवै पक्षले एकले अर्कोलाई मान्यता नदिएर समूह चलाइरहेको बताए ।

उनले एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्ने भन्दै ओली नै जेठ २ मा नफर्किएकाले यस्तो अवस्था आएको बताए । ‘एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्छ ।

त्यो ठाउँमा कोही नपुगेको अवस्थामा एउटा समूहले अर्को समूहलाई स्पष्टीकरण सोधेको कुनै अर्थ हुँदैन’, चौधरीको भनाइ छ। यदि एमाले पार्टी लाई नेपाल पक्षका नेताले पार्टी नै छैन भन्ने हो भने नेपाल समूह पार्टी बिहिन भएको हो त् ?

पार्टी नै नभएको नेपाल समूहलाई कुन पार्टी भनेर चिन्ने ? अनि पार्टीलाई नै नमानेको नेपाल समूह के आधारमा सरकारमा जाने तयारि गर्दै छ ? यस्ता प्रस्नहरु जनताहरुको मनमा उब्जिन थालेको छ।

एमालेका केहि कार्यकर्ताले भने नेपाल पक्षले आफ्नो भोटको दुरुपयोग गरेर कांग्रेसलाइ भोट हालेको भन्दै माधव कुमार नेपालको पुत्ला दहन गरेका छन्।

सेयर गर्नुहोस
  • 120
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    120
    Shares

प्रतिक्रिया दिनुहोस !