सकसै सकसको भूँमरीमा पूर्व माओवादी नेताहरु, अहिले के गर्दैछन् ?

काठमाडौं । ‘यो जनताको आवाज हो, तपाईंहरुले गर्नैपर्छ’ भन्दै निर्वाचन आयोगमा कुर्लिन पुगेका पूर्वमाओवादी नेता हरु अन्ततः निराश भएका छन् । कति ठूलो भाग खान पाइएला भनेर एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुलाई यति बेला चरम संकट परेको छ ।

माओवादी केन्द्र खारेज गर्ने गरी निर्वाचन आयोग सम्म पुगेका उनीहरुले यसलाई माओवादीसँग बार्गेनिङ्गको टूल बनाएका थिए । तर निर्वाचन आयोगले उनीहरुको माग नै खारेज गरिदिएपछि सर्वाेच्च जान्छौँ भनेका उनीहरु यतिबेला कुन दुलोमा पसेका छन् कसैलाई पत्तो छैन ।

गाँउघर गएर खेतीपाती गरेर बसौँ कि क्या हो भन्ने गरेका नेताहरु अहिले आफ्नै कारण दुःख पाएका हुन् । पार्टी छाडेकै कारण आफूहरुको मन्त्री र सांसद पद गएको अनि प्रदेशदेखि स्थानीय तहका अन्य आफूपक्षीय जनप्रतिनिधिलाई पनि खतरा भएको दाबीसहित टोपबहादुरहरु माओवादी केन्द्र नामक पार्टी नै अवैध हो भन्दै निर्वाचन आयोग पुगेका थिए ।

उनीहरुको जिकिर थियो, महाधिवेशन गरेको मिलेको छैन । तर, आयोगका सारा पदाधिकारीले एकमुख लागेर उल्टै जवाफ दिए, ‘त्यसो भए हामीले खाएको मन्त्री पद पनि अवैध थियो भनेर निवेदन हाल्नुस् न त ’

यसबारे आयोगमा पहिला अधिवक्ता सरोज बुढाथोकीको निवेदन परेको थियो । उनले माओवादी केन्द्रको महाधिवेशन मितिका आधारमा समय घर्किएको दावी गरे । ०७३ सालमा नाम मात्र परिवर्तन भएको कारण दल अवैध भएको उनको जिकिर थियो । पछि टोपबहादुर रायमाझी, प्रभु साहहरु तुरुन्त दल खारेज गर्नुप(यो भनेर कराउन गए ।

तर, आयोगले पुरानो विवरण हेर्दा ती माग र दावी पुग्ने देखिएन । २०७३ साउन ३२ मा विभिन्न दलसँग एकीकरण भएर पार्टीको नाम नेकपा माओवादी केन्द्र भएको विवरण भेटियो । र, त्यही नाममा दल दर्ता भयो । नेपालको संविधान आएपछि नयाँ ०७३ मंसिर ३० गते अरु राजनीतिक दलसँगै उक्त दल पनि दर्तामा गयो ।

त्यही नाम र चुनाव चिह्नबाट स्थानीय, प्रतिनिधिसभा, प्रदेश र राष्ट्रियसभाका निर्वाचनमा भाग लिइएको भेटियो । त्यसैले निर्वाचन आयोगसँग माओवादी केन्द्र अवैध भन्ने ठाउँ भएन । दल नै ०७३ सालमा दर्ता भएपछि महाधिवेशनको मिति घर्किएको भन्ने ठाउँ पनि रहेन ।

अर्कातिर, भविश्वर पराजुली नामक व्यक्ति पुगे, ‘माओवादी केन्द्रको अध्यक्ष म हुँ’ भन्दै । तर, उनले अवैध ढंगले लेरप्याड प्रयोग गरेका कारण आयोगले उनैलाई सचेत गराउने निर्णय गरेको थियो । एमालेमा पनि उचित भाउ नपाएको कारण उनीहरुलाई समस्या परेको छ । त्यसैमाथि एमालेको सरकार ढलेर केपी शर्मा ओली बालुवाटारबाट जबरजस्ती निस्कन बाध्य भएको कारण पनि ती नेताहरु अब चुप्प बस्नु बाहेक अरु उपाय नदेखिएको हो ।

ओली प्रधानमन्त्री हुँदा अलि अलि बार्गेन गर्न नपाएका उनीहरु न त कुनै लाभको पद, न त एमालेमा बलियो पकड बनाउन नसक्दा आफूभित्रै जल्दै बस्न बाध्य भएका छन् । एमालेमा पकड जमाउनको निम्ती नेता प्रभु शाहले अहिले साइबर सेना जस्तै आईटी सेनाको आजै सुरुवात गरेका छन् ।

उनीहरु एमालेमा कसरी बर्चश्व कायम गर्ने भन्ने विषयमा छलफल गरिरहेको स्रोतले बतायो । तर उनीहरुको छलफलले कुनै फरक परेको छैन । कतिले त साच्चिकै गाँउ फर्किएर पूर्वमन्त्री लोकेन्द्र विष्टजस्तै खेती पाती गरौँकि भन्ने सोचिरहेका छन् ।

सेयर गर्नुहोस
  • 780
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    780
    Shares

प्रतिक्रिया दिनुहोस !