माधव नेपालको पार्टी कब्जा गर्ने रणनीति, के सफल होलान त ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमालेको विद्रोही नेता माधव कुमार नेपाल प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने दिन अर्थात पुनःस्थापनापछि बसेको पहिलो संसद बैठकको दिन साउन ३ गते विहान निराश थिए ।

प्रधानमन्त्री देउवाले एकाएक विश्वासको मत लिने निर्णय गरेपछि उनलाई चिन्ता परेको थियो । यता आफूपक्षका विश्वासपात्र मानिएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेहरु आफ्नो अडानमा कायम नरहेको कारण उनलाई चिन्ताले सताएको थियो ।

नभन्दै विघटित कार्यदलमा रहेका ९ जना नेताहरु उनलाई भेट्न ३ गते विहानै कोटेश्वर आईपुगे । त्यसबेला उनी ती नेताहरुसँग केही बोल्न सक्ने अवस्था थिएन । त्यसक्रममा कार्यदलमा रहेका नेताहरुले नेता नेपाललाई भने– ‘कमरेड कसरी हुन्छ हाम्रो पार्टीबाट विश्वासको मत दिनुहुँदैन । यसमा अडिग रहनुपर्याे ।

नत्र ३ महिना लगाएर गरेको दुःख बालुवामा पानी परेजस्तै हुन्छ । विश्वासको मत नदिए कार्यदलले तयार गरेको १० बुँदेले अर्थ राख्छ । नत्र केही पनि हुनेवाला छैन । ‘

नेता नेपाल केही समय मौन बसे । उनलाई कार्यदलले तयार गरेको प्रतिबेदन मन परेको थिएन । आफूपक्षका नेताहरुले आफूलाई नै बाइकट गरेर सहमति गर्न खोजेपछि नेपाल भीम रावलसँग रुष्ट भएका थिए । जसकारण उनी कोहीसँग पनि एक हप्ता भेटघाट हुन नै चाहेनन् ।

उक्त भेटको क्रममा नेता नेपाललाई नेत्री रामकुमारी झाँक्रीसहितका अन्य नेताहरुले फोन गरेर देउवालाई विश्वासको मत दिनुपर्ने र आफू करिब एक दर्जन सांसदहरु एकैठाँउ रहेको जानकारी गराइन । त्यसपछि नेता नेपाल एकाएक हौसिए । सोही बखत आफूलाई भेट्न आएका कार्यदल सदस्यहरुलाई उनले जवाफ फर्काए– ‘तपाईँहरु जे सुकै भन्नुस, म एक्लै भएपनि देउवालाई विश्वासको मत दिन्छु । ‘

नेपालको जवाफ सुनेपछि भीम रावलसहित कार्यदलका ९ जना नेताहरु निराश मुद्रामा फर्किए । त्यसै दिन भीम रावलले सांसद पदबाट राजीनामा दिएर लडाइँको मैदान नै छाििडदिए । यसले आफूलाई एकता विरोधीको ट्याग नलाग्ने भन्दै टन्टै साफ हुने उनको विश्वास छ ।

अनि आयो प्रेम आलेको फोन
एमालेको संस्थापन पक्षका नेता हुन् प्रेम आले । उनको भीम रावलीसँग पर्सनल दुश्मनी जस्तै छ । भीम रावलकै कारण उनले नेपाल पक्ष छोडेका थिए । तर अहिले भमी रावलले नेपाललाई छोड्ने मनस्थितीमा देखिएको बुझेपछि नेपाललाई भेट्न गए । त्यसक्रममा उनले भीम रावलले विश्वास तोडेपछि आफुले साथ दिने बताए । आफूसँग कम्तीमा ८ जना नेताहरु रहेको भन्दै उनले आफूलाई विश्वास गर्न आग्रह गरे ।

त्यसपछि नेता नेपाल केही बेर बोल्न सकेनन् । आफ्नै नेताहरुले साथ छोड्ने कुराले प्रताडित रहेका नेपाललाई आलेको भनाईले केही राहत मिल्यो । सुकेको घाँटीमा पानी परेजस्तै भयो । केही राहत महसुस गरेका उनले बेलुकी देउवाको पक्षमा आलेसहित ओलीपक्षका ८ सांसदले भोट दिएपछि शतप्रतिशत खुशी भए । अनि शुरू भयो उनको हौसिने श्रृङ्खला ।

एमाले नै कब्जाको रणनीति
एमालेको अ‍ोली पक्षमा राम्रो पकड भएका किशान श्रेष्ठ अहिले चर्चामा छन् । उनले नेपाल समूहमा आएलगत्तै मन्त्रीको दाबेदार समेत हुन् । उनी र प्रेम आले अहिले मन्त्री बन्ने चर्चा छ । तर श्रेष्ठले भने आफू मन्त्रीको लोभले कित्ता नफेरेको बताए । उनले भनेका छन्, ‘पार्टीको एकलौटी सरकार हुँदा मन्त्री नपाएको मैले, अहिले ५ दलको गठबन्धनमा मन्त्री पाउँछु भनेर आएको होइन । ‘

तर उनले अब नेता नेपालले एमालेमा बर्चश्व कायम गर्नुपर्ने बताए । हाल नेपाल पक्षमा ४० जना सांसद देखिएको भन्दै उनले भने, ‘अझै १५ जनाभन्दा धेरैसाथीहरु आउँदैछन्, महेश बस्नेतहरु पनि आउनै पर्छ । अ‍ोली समूहमा पेलिएर बस्न सकिदैन ।’

उनले अब नेता नेपाललाई संसदीय दलको नेता चयन गर्ने गरी आफूहरु अभियानमा रहेको बताए । उनले भने, ‘अब १५ जना भन्दा बढी सांसदहरु यता आउनुहुन्छ, त्यसपछि हाम्रो बहुमत पुग्छ , दलको नेता पनि परिवर्तन गर्छाैँ ।

‘ अहिले एकएक नेपाल समूहमा देखिएको खुशीयालीसँगै पहिले देखि संस्थापन पक्षको विरुद्धमा उत्रिएका नेताहरु उत्साहित बनेका छन् । अब पार्टी कब्जा गर्ने रणनीतिमा नेपालपक्ष लागेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 3K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3K
    Shares

प्रतिक्रिया दिनुहोस !