जसपा ठाकुर समुहलाई २ मन्त्रालय दिँदा, यादव समुहले के भन्छ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौ । ओली सरकारको सारथी बनेको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष देउवा सरकारमा पनि सहभागी हुने भएको छ ।

यसअघि ओली सरकारमा सहभागी भएको जसपाको ठाकुर पक्षले समेत गत आइतबार प्रतिनिधि सभामा देउवालाई विश्वासको मत दिएको थियो।

यो भेटसँगै ओलीको सत्ता ढलेर देउवा प्रधानमन्त्री हुनासाथ कित्ता फेरेको ठाकुर पक्ष अहिलेको सरकारमा पनि सहभागी हुने सम्भावना बढेको छ।

प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिने घोषणा गर्दा उनको विपक्षमा रहेको ठाकुर समुह मत दिने बेलामा युटर्न भएको थियो । अहिले दुई मन्त्रालय लिएर सरकारमा जाने निर्णयमा पुगेको छ ।

अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको भेटपछि यस्तो सहमति जुटेको हो । ठाकुर बुधवार विहान देउवालाई भेट्न पुगेका थिए । बालुवाटारमा विहान भएको छलफलमा दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने सहमति जुटेको हो ।

ठाकुर पक्ष सरकारमा जाने कुरालाई लिएर उनकै पार्टीको उपेन्द्र यादव पनि सहमत रहेको बताइएको छ । पार्टीको आधिकारीकताको विवाद लिएर निर्वाचन आयोग पुगेका ठाकुर र यादव समुह अब एकताको वाटोमा छन् ।

दुई मन्त्रालयमा सहमति जुटेपनि मन्त्रालयको टुंगो भने लागेको छैन । यता जनता समाजवादी पार्टी (जसपा) एकताको पथमा हिडिरहद नेकपा एमाले भने फुटको संघारमा पुगेको छ।

उता देउवलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयदेखि सर्वाेच्च अदालतसम्म साथ दिएको जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवको समूह त सरकारमा जाने निश्चित छ। देउवाले अहिलेसम्म कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्री मात्र नियुक्त गरेका छन्। मन्त्रिपरिषद् विस्तारबारे देउवा छलफलमै छन्।

उनले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने एमाले माधव नेपालको पक्षलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन्। तर नेपाल पक्ष यस विषयमा टुंगोमा पुग्न सकेको छैन।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 562
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    562
    Shares

प्रतिक्रिया दिनुहोस !