२२ सांसदलाई सोधेएको स्पष्टिकरण पत्रमा के छ ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमालेले पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेको छ।

४ गतेको मिति राखेर आज मात्रै पठाइएको स्पष्टिकरण पत्र २२ सांसदकहाँ पठाइएको एमालेले जनाएको छ । नेताहरुले उक्त पत्र बुझ्न थालेका छन् ।

पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै अध्यक्ष केपीशर्मा ओलीले स्पष्टिकरण सोधेका हुन्।

नेपाल पक्ष अनुपस्थित रहेको एमालेको केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सोही अनुसार पठाइएको पत्र नेपाल पक्षका सांसदले बुधबार प्राप्त गरेका हुन्।

स्पष्टीकरण पत्रमा पार्टीबाट निष्कासन किन नगर्ने भनेर सोधिएको छ। ओलीले विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य किन गरेको भनेर सोध्नुभएको छ ।

उहाँले प्रश्न गर्नुभएको छ, पार्टीका विरुद्ध विभिन्न भेला आयोजना गर्ने, गुटगत गतिविधि सञ्चालन गर्ने र पार्टिको निर्णय विरुद्धमा आफू र अरु समेत संलग्न भई विभिन्न कार्य गर्ने गराउने जस्ता अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य के कति कारणले गर्नु भएको हो ?

२४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिदै चित्तबुझ्दो जवाफ नआए साधारणसदस्यबाटै निष्काशन गर्ने तयारी छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 202
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    202
    Shares

प्रतिक्रिया दिनुहोस !