माधवले बोलाएको बैठकमा किन भीम रावल गएनन् ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमालेका विद्रोही नेता माधव कुमार नेपालले बोलाएको स्थायी कमिटि बैठकमा एमालेका उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् ।

पछिल्लो समय नेता नेपालसँग टाढिएको भनिएका उपाध्यक्ष रावल आजको बैठकमा उपस्थित नभएको बैठकमा सहभागि एक नेताले बताए ।

बुधबार दिउँसो बानेश्वरमा सुरु भएको बैठमा रावल बाहेक नेपाल पक्षका अन्य स्थायी कमिटी सदस्यहरु भने सहभागी भएका छन्। बैठकमा सुरेन्द्र पाण्डे भने केही ढिलो गरी उपस्थित हुनुभएको थियो ।

घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत नेताहरु भने समयमै बैठकस्थलमा उपस्थित भएका छन् । एमालेका उपाध्यक्ष समेत रहेका नेता रावलले आइतबार प्रतिनिधि सभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका थिए ।

संसद् बैठक सुरु नहुँदै रावलले माधव नेपाललाई भेटेर देउवाको विपक्षमा मत दिनुपर्ने प्रस्ताव राखेका थिए । तर, रावललाई नेता नेपालले हप्काएर यस्तो प्रस्ताव लिएर आफूकहाँ नआउन चेतावनी दिएपछि उनी रुष्ट बनेर त्यहाँबाट निस्किएका थिए । रावलले राजीनामा दिएको विषयमा अध्यक्ष ओलीको पनि चित्त बुझेको छैन् ।

उनले पार्टीको ४ र ५ गते ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा रावलले आवेशमा आएर सांसद् पदबाट राजीनामा दिएको टिप्पणी गरेका थिए । र, सकेसम्म रावललाई सांसद् पदको राजीनामा फिर्ता लिन दबाब दिनुपर्ने बताएका थिए ।

आज नेपाल पक्षले सांसदहरु र केन्द्रीय सदस्यहरुको बैठक राखेका छन् । उक्त बैठकमा सहभागी नहुन रावललाई अध्यक्ष ओलीको फोन गएको स्रोतको दाबी छ । ओलीले पार्टीमा फर्किएर काम गर्न पनि रावललाई आग्रह गरेका छन् ।

यसअघि नै कार्यदलमा संयोजक हुँदा रावलले ओलीसँगको भेटवार्तालाई बाक्लो बनाएका थिए । कतिसम्म भने ओलीले पार्टीमा कार्यवाहक अध्यक्षसमेत वचन दिएका छन् ।

मेरियट होटलमा रअका प्रमुख सँग भेटवार्ता गरेको र ओलीको प्रलोभनमा परेको आरोप रावलमाथि लागेको छ । तर उक्त आरोपको उनले खण्डन भने गरेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 176
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    176
    Shares

प्रतिक्रिया दिनुहोस !