सुजिता प्र’क’र’ण: प्रेमीले विवाह गर्न नमानेपछि यसरी आ’त्म’ह’त्या’ गरिछन

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

चितवन । चितवनकी सुजिता भण्डारी बे’प’त्ता भएपछि अ’नु’स’न्धान थालेको प्रहरी अ’प’ह’र’ण भएको हुनसक्ने कुनै प्रमाण नभेटेपछि एक सातासम्म रनभुल्ल थियो । परिवारलाई भण्डारीले फोन गरेर आफू अ’प’ह’रित भएको भनेकी थिइन्, तर अ’नु’स’न्धा’नले ठिक विपरित संकेत गरिरह्यो ।

अ’प’ह’र’ण भएको भनिएका वेला उनले मोबाइलमा लामो समय ‘डाटा’ प्रयोग देखियो, ‘पूर्वतिर’ गएको भन्दै सन्देश पठाउँदा मोबाइलमा चितवनकै टावर सक्रिय देखियो ।

भण्डारीको अ’प’ह’र’ण नै नभएको आ’शं’कामा खोजविन गरिरहेको प्रहरीलाई झस्काउने घटना ९ दिनपछि सतहमा आयो । ब्रह्मायणी सामुदायिक वनमा भण्डारीको श’व २० असारमा भेटिँदा घ’ट’ना’ले र’ह’स्यमय मोड लियो ।

स्थानीयले भण्डारीको ह’त्या भएको र सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै आ’न्दो’लन गरे । तर श’व नजिकै वि’ष’को ब’ट्टा पनि देखिएकाले आ’त्म’ह’त्या हुनसक्ने संकेत पनि देखियो ।

झण्डै एक महीनापछि शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले भण्डारी मृ’त्यु प्र’क’र’णको पटाक्षेप भएको दाबी गरेको छ । चितवनका एसपी ओम अधिकारीले प्रेम सम्बन्ध असफल भएपछि सुजिताले आ’त्म’ह’त्या गरेको बताएका छन् ।

परिवारले पनि प्रहरी अ’नु’स’न्धा’न’प्रति समर्थन जनाउँदै आ’त्म’ह’त्या दु’रु’त्सा’हनको कसूरमा नाताभित्रकै प्रेमी वि’रु’द्ध जाहेरी दिएको छ । भण्डारीकी काकाको छोरा झापा शरणामतीका सचिन भनिने सुकदेव भण्डारी वि’रु’द्ध परिवारले जाहेरी दिएपछि उनी प’क्रा’उ परेका छन् ।

काठमाडौंमा सँगै बसेर फर्किएकी थिइन् सुजिता

काठमाडौंमा बीबीएस अध्ययन गर्ने सुकदेवको कान्छो काकाकी छोरी हुन्, सुजिता । प्रहरीका अनुसार नुवाकोट पुख्यौली घर भएका भण्डारी परिवारका सदस्यमध्ये सुजिताको बुबा यज्ञबहादुर भण्डारी चितवन र सुकदेवका बुबा झापाको शरणामतीमा बसाइँ सरेर गएका थिए ।

दाजुभाइ टाढाटाढा बसाइँ सरेपछि पहिले उनीहरुको भेटघाट पातलिएको थियो । तर पछिल्ला वर्षहरुमा फेसबुक मार्फत दुईबीचको सम्बन्ध घनिष्ठ बनेको थियो, त्यहीबीच सामाजिक सञ्जालबाटै प्रेम भयो ।

प्रहरीका अनुसार परीक्षा दिएर खाली रहेको समयमा उनी दिदीकहाँ बस्ने भन्दै काठमाडौं पनि गएकी थिइन् । सुकदेव पनि काठमाडौंमै अध्ययन गरिरहेका थिए । त्यसपछि दिदीसँग नभइ उनी सुकदेवसँगै बसिन् ।

प्रेममा सुकदेवले पनि सँगै बस्न इन्कार गरेनन् । सुजिताले उनलाई छुट्टै कोठा खोज्न पनि भनेको भेटिएको चितवनका डीएसपी सूर्य थापा बताउँछन् । तर लकडाउन भएपछि सुजिता चितवन फर्किएकी थिइन् ।

त्यहीबीच उनले सुकदेवसँग बिवाहको प्रस्ताव पनि राखिन् । त्यसपछि सुकदेव झस्किए । पारिवारिक खटपट हुने र सामाजिकरुपमा पनि समस्यामा हुने भन्दै उनी पछि हट्न खोजे ।

त्यसपछि दुईबीचको सम्बन्धमा द’रा’र आयो । त्यसो त त्यसअघि प्रेम सम्बन्धलाई कसरी विवाहमा बदल्ने भनेर उनीहरुले विभिन्न विकल्पमा पनि छलफल गरेको देखिएको डीएसपी थापा बताउँछन् । विदेश जाने, भाग्ने वा अ’प’ह’रणको बाहना बनाएर गा’य’ब हुने योजना पनि बनेको युवकले बयानमा खुलाएको प्रहरी बताउँछ ।

डीएसपी थापाका अनुसार सुजिताले ‘विवाह गर्न नमाने म’र्छु’’ समेत भन्ने गरेकी थिइन् । त्यहीबीच ९ असारमा उनीहरुबीच विवाहकै विषयमा झ’ग’डा’ भयो । सुकदेले ‘जे मन लाग्छ, गर’ भनिदिए । त्यसपछि नै उनले नजिकै रहेको सामुदायिक वनमा गएर वि’ष’ से’व’न गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

सुजिताको पो’ष्ट’मा’र्ट’म रि’पो’र्ट’ले उनको शरीरमा बाहिरी चो’ट’प’ट’क नभएको देखाएको छ । साथै, ब’ला’त्का’र’को पनि कुनै संकेत दिएको छैन । मृ’त्यु’को कारण पनि हालसम्म खुलेको छैन ।

प्रहरीले वि’ष से’व’न गरेको पु’ष्टि गर्न भि’से’रा जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारमा न’मू’ना पठाएको छ । तर रि’पो’र्ट आ’इ’स’केको छैन । साभार: अनलाइन खबर

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 60
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    60
    Shares

प्रतिक्रिया दिनुहोस !