डेढ वर्षदेखि जंगलमा घाँसको छाप्रो बनाएर बस्दै आएका वृद्ध दम्पती !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

सिमकोट – एक वृद्ध दम्पती डेढ वर्षदेखि जंगलमा घाँसको छाप्रो बनाएर बस्दै आएका छन्। गाउँमा भएको घर भत्किँदा त्यसलाई मर्मत गर्न नसक्दा उक्त जोडी जंगलमा बस्न थालेको हो।

गरिबीकै कारण गाउँमा भत्केको घर निर्माण गर्न नसकेर जंगल छेउको छाप्रोमा बस्न बाध्य हुँदै आएको ६० वर्षीया शिवकला फडेराले बताइन्। जिल्लाकै मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिका–२ को रिप गाउँका कुइया फडेराको वृद्धि जोडी भत्केको घरलाई निर्माण गर्न नसक्ने भएपछि गाउँबाट दुई किमि टाढाको जंगलछेउ गएर घाँसको छाप्रो बनाएर बस्दै आएको हो।

उनले काम गर्न नसकिने भयो र अन्य सहयोग गर्ने सन्तानसमेत नभएपछि वृद्ध उमेरमा यसरी दिन काट्नुपरेको बताइन्। उनका श्रीमान् उमेरले ६५ वर्ष कटेका कुइयाले वृद्ध भएका कारण घर बनाउन नसक्ने भएकाले अन्य विकल्प नदेखिएपछि यसरी जंगलमा बस्दै आएको बताए।

१३ वर्षअगाडि एक सन्तानका रूपमा रहेको छोरा गाउँबाट निक्लेर फेरि फिर्ता नआएपछि योे जोडी एक्लै बस्दै आएको थियो। उनले गरिबीकै कारण आफ्नो बास यस्तो झुप्रोमा भएको बताउँदै यस्तो बिजोक अरू कसैले भोग्न नपरोस् समेत भनिन् । साबिकको गाविस सकिर्देउको उनापानी गाउँमा भए पनि अहिले संघीयता कार्यान्वयनसँगै बनेका गाउँपालिकाको वडा नम्बर २ को रिप गाउँमा वडा कायम भएको थियो।

कुनै काम गर्न नसक्ने अवस्थामा पुगेपछि दिसा–पिसाब गर्न, पानी भर्न र दाउरा टिप्नकै लागि उक्त दम्पतीको जोडी गाउँबाट सरेर जंगलमा बस्न थालेको हो। गाउँमा खेतबारी र जग्गा पनि भएका उनीहरूलाई गाउँलेले खेती गरेको जग्गाबाट केही उत्पादन भएको अन्नपात दिने गरेका छन्। त्यससँगै उनीहरूको बाँच्ने आधार भने सामाजिक सुरक्षा भत्ता भएको छ।

वडाध्यक्ष जगबहादुर रावतले गाउँमा भएको घर डेढ वर्षअगाडि पानी चुहिएर भत्किएपछि जंगल पुगेको जोडी पुनः गाउँमा कहिल्यै नफर्केको बताए। जंगल जानबाट रोक्ने प्रयास गर्दासमेत नसकेको वडाध्यक्ष रावतले बताए। राजन रावत

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 67
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    67
    Shares

प्रतिक्रिया दिनुहोस !