एमाले विभाजनपछि भारतबाट झलनाथले के भने ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब आफू नेकपा एकीकृत समाजवादीमा आवद्ध रहेको बताएका छन्।

भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालले शुक्रबार सामाजिक सञ्जाल मार्फत आफू नयाँ दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहेको जनाएका हुन्।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए।

नेकपा एमाले समाजवादी नाममा दल दर्ता गर्न निवेदन दिएको भएपनि त्यसलाई निर्वाचन आयोगले अस्वीकार गरेपछि शुक्रबार नेपालपक्षले नेकपा एकीकृत समाजवादी नाममा दल दर्ताको निवेदन दिएको छ।

एमालेमा रहँदा नेपाल- खनालपक्षका साथमा रहेका अधिकांश स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरुले नयाँ पार्टीमा साथ दिएका थिएनन्। दल दर्ता निवेदनमा खनाललाई वरिष्ठ नेता राखिएको छ। सुरुमा साथ नदिएका एमाले उपाध्यक्ष वामदेव गौतमले बिहीबार आफू नयाँ दलमा जाने बताएका थिए।

माधव नेपाल भन्छन्– पार्टी दर्ता हुनासाथ राष्ट्रिय भेला गर्छौं, केन्द्रीय कमिटीलाई पूर्णता दिन्छौं- काठमाडौं- पार्टीले वैधानिकता पाउनासाथ राष्ट्रिय भेला गरिने नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।

पार्टीको राष्ट्रिय भेला/सम्मलेन गरेर केन्द्रीय कमिटीलाई पूर्णता दिने उनले प्रष्टाएका छन्। ‘हाम्रो दर्ता प्रक्रिया बैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेला/सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौँ’ उनले भने।

एकताका सबै ढोका बन्द भएपछि वाध्य भएर ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेको उनले प्रष्टाए। ‘हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं।’ उनले विज्ञप्ति मार्फत भनेका छन्।

विद्रोहको पक्षमा हस्ताक्षर गर्ने,२०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला थपिएका, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका, संघीय संसदका सांसद, वैधानिक प्रावधान अनुसार पु¥याउनु पर्ने महिलालाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका नेपालले विज्ञप्तिमा उल्लेख गरेका छन्।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 333
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    333
    Shares

प्रतिक्रिया दिनुहोस !