उडिरहेको अमेरिकी सैनिक जहाजबाट खसेर बि’ते १७ वर्षीय अफगान फुटबलर

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएसँगै यहाँको माहोल अस्तव्यस्त छ । सामाजिक संजालमा यस्ता कैयौं भिडियो भाइरल भएका छन् जसमा तालिबानी नागरिकलाई काबुल विमानस्थलमा भागिरहेको देख्न सकिन्छ ।

तालिबानको डरले यी मानिसहरु जसरी भए पनि आफ्नो देशबाट निस्किने कोसिस गरिरहेका थिए । यस्तै एउटा भिडियो भाइरल भएको थियो जसमा अमेरिकी सेनाको एक विमानबाट एक व्यक्ति खसेको देख्न सकिन्छ ।

गत सोमबार अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको कार्गो जहाजबाट झरेर मृत्यु हुनेमा एकजना किशोर फुटबलर रहेको पुष्टि भएको छ। अफगानिस्तानको खेलकुद संघले १७ वर्षीय फुटबलर जाकी अनवारीको जहाजबाट खसेर मृत्यु भएको बिहीबार फेसबुकमार्फत् सार्वजनिक गरेको छ।

हवाइजहाजबाट खस्ने यी किशोर केवल १७ वर्षका थिए । १७ वर्षका किशोर रेजा आफ्ना १६ वर्षका भाइ कबीरसँग भागेर काबुल एयरपोर्ट पुगेका थिए । अमेरिकीविमानबाट खसेका रेजाको शव परिवारले पाइसकेका छन् तर उनका भाइ कबीरका विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । खासमा यी दुई किशोरहरुले अफगानिस्तानबाट २० हजार जनालाई अमेरिका वा क्यानडा लगिने थाहा पाएका थिए । तालिबानी राजसँग डराएका उनीहरु आफ्नो भाग्य परीक्षण गर्न एयरपोर्ट पुगेका थिए ।

काबुलको एक गरिब परिवारबाट आएका अनवारीको राष्ट्रिय फुटबलर बन्ने सपना थियो। उनी निकै मेहनती खेलाडी थिए। उनले पढाइसँगै फुटबल करियरलाई पनि अघि बढाइरहेका थिए। राष्ट्रिय किशोर फुटबल टिममा उनी १० नम्बरको जर्सी लगाउँथे।

‘उनी दयालु र धैर्यवान थिए तर अरू थुप्रै युवाजस्तै उनले पनि तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा आफ्नो सपना अन्त्य भएको ठाने,’ अफगानिस्तान खेलकुद संघका मिडिया सम्बन्ध प्रमुख अरेफ पेम्यानले भने,‘तालिबान आएपछि उनी निराश भएका थिए र बाहिर गएर राम्रो जीवन बाँच्न चाहन्थे।’

सोमबार दिउँसो अफगानिस्तानका स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले एउटा भिडिओ पोष्ट गरे। काबुलस्थित हमिद कारजाई विमानस्थलमा अमेरिकी सेनाको कार्गो जहाज उड्न लाग्दा धावनमार्गमा सयौं मानिस दौडिरहेका थिए। कोही बिस्तारै गुडिरहेको जहाजको पखेटामा चढ्न खोज्दै थिए।

केहीबेरमा जहाज टेकअफ भयो र मानिसहरू आकाशबाट खसेको अर्को भिडिओ सार्वजनिक भयो। यी दुबै भिडिओले संसारभरिका मानिसको ध्यान तान्यो। तालिबानहरूले सत्ता क ब्जा गरेपछि देश छोड्न आतुर ती अफगानीप्रति धेरैले सहानुभूति जनाए। त्यो दिन खास के भएको थियो भन्नेबारे अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले समाचार प्रकाशन गरेको छ।

जाकीप्रति अफगानहरूले अहिले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् भने तालिबानप्रति आ क्रोश व्यक्त गरिरहेका छन्। न्युयोर्क टाइम्सका अनुसार उक्त घटनाको अमेरिकी सेनाले अनुसन्धान गरिरहेको छ। मानिसहरू धावनमार्गमा दौडिँदादौडिँदै जहाज उड्दा कति मानिसको मृत्यु भयो भन्ने एकिन छैन।

भाइस न्युजसँग कुरा गर्दै रेजाको परिवारका एक सदस्यले उनी कसैलाई नबताइ भागेको बताए । ती आफन्तका अनुसार रेजाले आफ्नो परिचय पत्र घरबाट उठाएर एयरपोर्टतिर गएका थिए । उनी तालिबान राजमा रहन चाहँदैनथे । अमेरिकी सैन्य विमान सी–१७ एयरक्राफ्ट काबुल विमानबाट उड्ने बेला त्यहाँ निकै ठूलो भिड भएको थियो । रिपोर्टका अनुसार यो विमानबाट खसेर ३ जनाको मृत्यु भएको छ ।

रेजा र कबीरसहित उनीहरु ६ जना दाजुबहिनीहरु थिए । रेजा र कबीर सबैभन्दा ठूला थिए । अफगानिस्तानका यो उमेरका युवाले १९९६ देखि २००१ सम्म तालिबानको राज देखेका थिएनन् तर उनीहरुले यो कट्टरपन्थी समूहको राजमा हुने गरेका कडाइबारे परिवारबाट सुन्दै आएका थिए । अफगानिस्तानको युवा पिढी आफ्नो स्वतन्त्रता खोसिएको हेर्न चाहँदैनथे ।

रेजाको परिवारका एक सदस्यका अनुसार उनलाई नयाँ नयाँ कपडा लगाउने, बक्सिङ खेल्ने र सामाजिक संजाल चलाउने सोख थियो । अरु अफगानीहरुजस्तै उनी पनि डराएका थिए । अफगानिस्तानमा तालिबान राजलाई लिएर सबैभन्दा बढी महिलाहरु डराएका छन् । १९९६ देखि २००१ सम्म तालिबानले आफ्नो शासनकालमा महिलाहरुमाथि कैयौं प्रतिबन्ध लगाएका थिए । त्यतिबेला महिलाहरु घरबाहिर एक्लै निस्किन, घरबाहिर काम गर्न वा पढ्न प्रतिबन्ध थियो ।

तालिबान सत्ताबाट हटेर अमेरिकासमर्थित सरकार चलेको २० वर्षमा अफगानिस्तानमा फुटबल र क्रिकेटको राम्रो विकास भएको थियो। फेरि तालिबान सत्तामा आएपछि अब खेल र खेलाडीको भविष्य के हुने हो भन्ने अन्यौल छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

प्रतिक्रिया दिनुहोस !