पछिल्लो २४ घण्टामा २ हजार ७९ कोरोना संक्रमित थपिए

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ — पछिल्लो २४ घण्टामा २ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० पीसीआर परीक्षणमा शुक्रबार थप २ हजार ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ७ हजार १२४ परीक्षणबाट ९६३ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १७ हजार ६५४ परीक्षणमा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४४ हजार ३०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २४४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५४३ छ । नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ४५५ पुगेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

प्रतिक्रिया दिनुहोस !