मेसीले प्रयोग गरेर फ्याँकेको टिस्यूको मूल्य रु.११ करोड, कसले राख्यो लिलामीमा ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

लियोनेल मेस्सी बार्सिलोनाबाट बाहिर निस्कने घोषणा सबै फुटबल प्रशंसकका लागि एक भावनात्मक क्षण थियो । अर्जेन्टिनाका सुपरस्टार एफसी बार्सिलोनाबाट जानु त्यतिबेला थप भावुक भयो जब मेसी आफ्नो विदाई भाषणका बेला टुटे । आफ्नो बिदाईमा उनको आँखामा आँसु छल्किए ।

बार्सिलोनाका दर्शक र मिडिया सदस्यले उभिएर डेढ मिनेटभन्दा बढी समयसम्म प्रशंसा गरे किनभने उनी मञ्चको नजिकै उभिएका थिए । जब मेसीको तरिफ गरिँदै थियो तब उनले आफ्नो आँसु रोक्न सकिरहेका थिएनन् । त्यतिबेला उनकी श्रीमती एन्टोनेलाले उनलाई आँसु पुछ्नका लागि टिस्यू पेपर दिइन् ।

अब रिपोर्टका अनुसार मेसीको आँसुले भरिएका यी टिस्यू पेपर करिब १० लाख अमेरिकी डलर (११ करोड रुपैयाँ) मा बिक्रिमा राखिएको छ । एक अज्ञात व्यक्तिले दाबी गरे अनुसार उनले प्रयोग गरेका टिस्यू जम्मा गरिएको छ र यी टिस्यूका लागि महँदो दरमा बिक्रीका लागि अनलाइन विज्ञापन दिइएको छ ।

मेकेडुयो नामका एक व्यक्तिले मेसीले प्रयोग गरेको टिस्यू बेचिरहेका छन् । यी व्यक्तिको दाबी अनुसार यसमा मेसीको जेनेटिक पनि समावेश छ जसले मानिसहरुलाई फुटबल खिलाडीको क्लोन बनाउनका लागि अनुमति दिनेछन् । ३४ वर्षका यी खिलाडीले २१ वर्ष बार्सिलोनासँग बिताएपछि यसबाट बिदा भएका छन् ।

अब उनी आफ्नो नयाँ टिम पेरिस सेन्ट–जर्मेनका लागि खेल्नेछन् । लियोनेल मेसी ६७२ गोलसहित बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने खिलाडी हुन् । उनले बार्सिलोना क्लबसँग ७७८ खेल खेले, जुन एक रेकर्ड हो । उनी ५२० म्याचमा ४७४ गोलसहित स्पेनिश लीगमा पनि शीर्ष स्कोरर हुन् ।

बार्सिलोना छोडेपछि लियोनल मेसीले उनी अर्को एउटा च्याम्पियन्स लीग ट्रफी जित्नका लागि सही स्थानमा पुगेका छन् र उनले पेरिस सेन्ट जर्मेनसँगग जोड्ने एक महत्वपूर्ण कारण नेमारसँग मिलेर खेल्ने बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

प्रतिक्रिया दिनुहोस !