माधव नेपाल र रामकुमारी झाँक्रीसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्राचार

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । एमालेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयलाई पत्र बुझाइएको छ । पार्टीको निर्देशन र अनुशासन विपरीत कार्य गरेको भन्दै उनीहरुलाई पदबाट हटाउन माग गर्दै सचिवालयलाई पत्राचार गरेको जनाइएको छ ।

पदबाट हटाउन माग गरिएको एमालेका १४ संसद्हरु माधव नेपाल,रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी,जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपानेलाई रहेका छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी तोक्ने र रिक्त पदपूर्तिका लागि गृहकार्य सुरु गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने, संगठनात्मक संरचनाहरुको बारेमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

केहीदिन अघि सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले संगठनात्मक र रिक्त स्थानमा पूर्ति गर्न स्थायी कमिटीलाई जिम्मा दिएको थियो । केन्द्रीय कमिटीको निर्देशनका बिषयमा नै स्थायी कमिटी बैठकमा छलफल भएको र बैठक आइतबार पुन बस्ने प्रवक्ता श्रेष्ठले जानकारी थिए ।

माओवादी केन्द्रले केन्द्रीय समितिमा सदस्य थप गर्दा समानुपातिक समावेशिताको आधारमा थप गर्ने निर्णय गरिसकेको छ । त्यस्तै बैठकमा पुष ११, १२ र १३ गने हुने राष्ट्रिय सम्मेलनका लागि स्थानीय तहसम्म अधिवेशन गर्न निर्वाचन निर्देशिका तयार गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।

आइतबार बस्ने बैठकले नेताहरुको जिम्मेवारी तोक्ने, संगठनात्मक संरचनाका बिषयमा आवश्यक निर्णय लिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 455
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    455
    Shares

प्रतिक्रिया दिनुहोस !