माओवादीले कुन प्रदेशमा कसलाई संयोजक बनायो ? (सुचीसहित)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरु तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो। बैठकले पार्टीका विभागहरुको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ । दुई दिन बसेको बैठकले विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभाग प्रमुख तोक्ने निर्णय भएको बताए । केन्द्रीय प्रतिनिधि नभएका कतिपय जिल्लामा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको श्रेष्ठले बताए ।

‘बैठकबाट जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ,’ बैठकका निर्णय जानकारी गराउँदै श्रेष्ठले भने, ‘सबै केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने काम भएका छन् ।’

त्यस्तै उनले राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर काम अगाडि बढेको पनि जानकारी दिए । ‘राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर वडा, पालिका र प्रदेश सम्मेलन गर्ने सन्दर्भमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली र निर्देशिका तयार पारेको छ,’ श्रेष्ठले भने, ‘त्यसलाई छिट्टै तल पठाउँछौं र त्यही आधारमा अधिवेशन हुनेछन् ।’

बैठकले पार्टीलाई व्यवस्थित र विधिसंगत् रुपले सञ्चालन गर्दै अन्य कम्युनिष्ट शक्तिहरुसँग एकता र ध्रुविकरणको लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रदेश १ बाहेक अन्य प्रदेशमा जिम्मेवारी तोकिएको छ । बाँकी रहेको प्रदेशमा भने पछि तय गरिने उनले बताए ।

यसरी जिम्मेवारी पाउनेहरुमा प्रदेश २ : गणेश साह, वागमती : हितमान शाक्य, गण्डकी : हितराज पाण्डे, लुम्बिनी : चक्रपाणी खनाल, कर्णाली : शक्तिबहादुर बस्नेत, सुदूरपश्चिम : खगराज भट्ट रहेका छन्

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 100
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    100
    Shares

प्रतिक्रिया दिनुहोस !