युना उप्रेतीः

अभिनेत्री युना उप्रेतीले त्यति धेरै फिल्ममा काम गरेकी छैनन् । तर, पनि उनको नाम चर्चित छ । उनले काम गरेका एक दुईवटा फिल्मले नै उनलाई चिनायो । युनाको वास्तविक नाम जमुना उप्रेती हो ।

 

करिश्मा मानन्धरः

नेपाल चलचित्र क्षेत्रमा निकै चर्चित नाम हाे करिश्मा मानन्धर । सदावहार नायिका करिश्मा मानन्धरलाई नचिन्ने सायदै कम होलान् । किनकी उनको नाम बच्चादेखि वृद्धसम्म सबैको मुखमा झुण्डिएको छ । तर, धेरैलाई उनको वास्तविक नाम थाहा नै छैन । उनको वास्तविक नाम बुनु केसी हो ।

 

जल शाहः

अभिनेत्री जल शाहको पूरा नाम जल शाह कर्माचार्य थियो । तर, उनी मात्र जल शाहका नामले परिचित छन् । उनले धार्मिक चलचित्र श्री स्वस्थानीबाट आफ्नो फिल्मी करियर शुरु गरेकी हुन् । उनले १४ वर्षको उमेरमा राजेश हमालको जोडी बनेर चलत्रिच अवतारमा अभिनय गरेकि थिइन् ।

 

गरिमा पन्तः

आफ्नो नाम लुकाएकी अर्की नायिका हुन्– गरिमा पन्त । नायिका पन्तको वास्तविक नाम कमला पन्त हो । पछि उनले परिवर्तन गरेको नामले नै उनलाई चिनायो । आज उनी गरिमा पन्तका नामले परिचित छन् । गरिमा विवाह गरेर सिनेमा उद्योगबाट टाढिएकी छन् । उनले तीन घुम्ती, रंग बैजनी, प्रितिको फूल, सम्झना लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् ।

 

झरना थापाः

दाइजोबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी झरना थापा सदाबहार नायिकाका रूपमा परिचित छन् । थापाको वास्तविक नाम पनि सायद कमैलाई थाहा होला । उनको वास्तविक नाम कमला थापा हो । फिल्म क्षेत्रमा आउनका लागि उनले आफ्नो नाम फेरेकी हुन् । झरनाद्वारा निर्देशित नयाँ चलचित्र ‘ए मेरो हजुर ४’ चाँडै हेर्न पाइने पक्का छ ।

 

मेलिना मानन्धरः

फिल्म प्रियसीबाट सिने यात्रा शुरु गरेकी अभिनेत्री मेलिना मानन्धरको वास्तविक नाम पनि कमैलाई थाहा होला । उनको वास्तविक नाम सुनिता मानन्धर हो । उनी आफैंले टेलिसिरियल करुणा निर्माण गरिन् र अभिनय पनि गरिन् । उनलाई दर्शकाले माया गरे र साथ पनि दिए ।

 

नन्दिता केसीः

नन्दिता केसीलाई पनि फेरेको नामले राम्रै परिचय दियो । नयाँ नाम उनलाई निकै फापेको छ । उनको वास्तविक नाम शोभा केसी हो । हाल उनी अमेरिकामा बसिरहेकि छिन् तर पनि उनकाे नाम नेपाली चलचित्र क्षेत्रमा रहिरहेकाे छ।

 

आना शर्माः

फिल्म जेरीबाट सिने उद्योगमा प्रवेश गरेकी अभिनेत्री आना शर्माको वास्तविक नाम अन्नपूर्ण शर्मा हो । उनलाइ नेपाली चर्चित नायक अनमाेल केसिसँग उनकाे नाम जाेडिन्छ । पहिलो सिनेमाबाटै उनले सफलता हात पार्न सफल भएकी थिइन् ।

 

सुमिना घिमिरेः

मोडलिङबाट अभिनयमा आएकी अभिनेत्री सुमिना घिमिरेले पनि यस क्षेत्रमा आउनुभन्दा पहिले आफ्नो नामको अगाडि ‘सु’ थपेकी थिइन् । उनले थपेको ‘सु’ ले उनलाई राम्रै फाईदा गर्यो । उनको वास्तविक नाम मिना घिमिरे हो । पाइलट रोशन सापकोटासँग विवाह गरेर वैवाहिक जीवनमै रमाएकी छन् ।

 

मौसमी मल्लः

अभिनेत्री मौसमी मल्लको वास्तविक नाम पनि मौसमी हैन । उनको वास्तविक नाम विष्णु माया ठकुरी हो । १३ वर्ष लामो सिने यात्रालाई अझै अघि बढाउन उनी निर्माता बनिन् र आफ्नो होम प्रोडक्शनबाट छोरा भिक्की मल्ललाई फिल्म समयबाट नेपाली सिने जगतमा डेव्यु गराइन् ।

 

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।