माओवादीको बैठकमा किन भयो माधव नेपालको चर्चा ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालको बारेमा पनि छलफल भएको छ ।

बैठकमा सभामुखलाई दबाब दिएर नेपाललाई २० प्रतिशत पुर्‍याउन नदिने खेल भएको चर्चा भएको एक स्थायी कमिटी सदस्यले बताए । उनका अनुसार नेकपा एमालेले सभामुखलाई धम्क्याएको भन्दै विरोध गर्ने कुरा भएको छ ।

“माधवलाई २० प्रतिशत पुर्‍याउन नदिने काम गरिरहेको छ । सभामुखलाई आफ्ना सांसदलाई पदमुक्त गर्न भन्दै धम्काउने काम गरिरहेको छ । त्यसको विरोध गर्ने कुरा भएको छ,” ती सदस्यले भने ।

नेता नेपालले एमालेबाट ‘विद्रोह’ गरेर नयाँ पार्टी दर्ताको निवेदन दिएका छन् । नेकपा एमालेले नेता नेपालसहित १४ जनालाई सांसद पदबाट हटाउन संसद् सचिवालयलाई पत्र बुझाएको छ । एमालेका सांसदहरूले छिट्टैै निर्णय गर्न सभामुखलाई दबाब दिइरहेका छन् । त्यस्तै माओवादीले नेता नेपालको पार्टी दर्ता भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने जनाएको छ ।

नारायणकाजीले प्रवक्ताको जिम्मेवारी छाड्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको प्रवक्ता रहिरहन अनिच्छा व्यक्त गरेका छन् । उनले आजको स्थायी कमिटी बैठकमा आफू प्रवक्ता रहिरहन नचाहेको बताएका हुन् ।

एक स्थायी कमिटी सदस्यका अनुसार आजको बैठकमा समय अभाव भएको भन्दै उक्त विषयमा अर्को पटक छलफल गर्ने कुराकानी भएको छ । “म प्रवक्ताको जिम्मेवारीमा कति रहिरहने ?,” बैठकमा उनले भनेका थिए ।

नारायणकाजी माओवादीको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका छन् । पार्टी एकता भएर नेकपा बन्नुअघि नेतृ पम्पा भुसाल प्रवक्ता थिइन् । नेकपामा प्रवक्ताको जिम्मेवारी सम्हालेका श्रेष्ठले नै नेकपा भङ्ग भएपश्चात् पनि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनले पार्टीको महत्वपूर्ण विभाग (स्कुल विभाग) को जिम्मेवारी चाहेको ती स्थायी कमिटी सदस्य बताउँछन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 455
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    455
    Shares

प्रतिक्रिया दिनुहोस !