पोखराको महेन्द्र पुलमा भासियो सडक

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

पोखरा । कास्कीको पोखरास्थित महेन्द्रपुल सेलवेज गेटको पारी गरिमा विकास बैंक अगाडिको सडक भासिएको छ ।बर्षा भइरहेको अवस्थामा जमिन भासिएर भ्वाङ परेको स्थानीयबासीले बताएका छन्। भ्वाङमा एउटा बिजुलीको पोल पनि परेको छ ।

पार्किङ गरिराखेको गाडी समेत भासिनबाट बचाइएको छ । अगाडि सडकको भाग शुरुमा भासिएको थियो पछि बढ्दै गएर गाडी भएको ठाउँ वरिपरि पनि भासिएको स्थानीयको भनाई छ ।

तत्काल गाडी निकालेकै कारण क्षति भने हुन पाएन । सडक भासिएपछि मल्लले पोखरा महानगर र जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए।नालाको मुख, पालिखे चोक हुँदै पानी पर्दा खोलाजस्तै भेल महेन्द्रपुलमै आइपुग्छ । त्यो भलले सडकसमेत भत्काउने गरेको छ ।

आइतबार राति भ्वाङ नै परेपछि महेन्द्रपुल क्षेत्रका मानिस त्रसित बनेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पानीको भल त्यही भ्वाङबाट छिर्दा जोखिम बढेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

प्रतिक्रिया दिनुहोस !