मन्त्रि शाहीसंग नाम जोडिएकी महिला लेख्छिन ‘ कसैले चरीत्र हत्या गर्छ भने चिठी लेखेर म’र्छु

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

कालिकोट : कर्णाली प्रदेश सरकारका एक मन्त्रीलाई बलात्कार आरोप लागेको एक शिर्षकमा नेपालको प्रतिष्ठित पत्रिका अन्नपुर्ण पोष्टले भदौ ६ गते आइतबार समाचार प्रकाशन गर्यो। उक्त समाचारलाई आधार मानेर धेरै अन्य अनलाइनले समाचार प्रकासन गरे।

अहिले उक्त समाचार सामाजिक संजालमा जताततै छ। अन्नपुर्ण पोष्टमा भिडियो नै सार्वजनिक भएको भन्दै भिडियो नराखी भिडियोमा देखिएको दृस्य भनेर समाचार सम्पादन गरिएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्व्यवहार गरेको भनेर बताइए पनि आधिकारिक सोर्स भने राखिएको छैन ।

यस्तै बलात्कार आरोप लागेकी भनिएकी पिडित महिलाले आफ्नो आधिकारिक फेसबुकमा उक्त समाचारको खण्डन गर्दै आफुलाई मन्त्रीले बलात्कार नगरेको र आफ्नो चरित्र हत्या गर्न मिडियाले आफ्नो नाम जोडेको भनेर आरोप लगाएकी छिन।

उनले आफ्नो फेसबुकमा लेख्छिन “मलाई जुन बिसयमा मन्त्री र मेरो नाम जोडेर बलात्कार गरेको झुट आरोप लगाइएको छ यो सरासरी गलत हो र मेरो ब्यातिगत जीवनमा कसैले चरीत्र हत्या गर्छ भने म उसैको नाम बाट चिठी लेखेर म’र्छु र सोही मिडिया जबाफ देहि हुनेछ। ”

उनले लेखेको यस स्टाटस प्रति धेरै व्यक्तिहरुले मिस्रित प्रतिक्रिया दिएका छन्। अन्नपुर्ण पोष्टमा राखिएको उक्त समाचार जस्ताको त्यस्तै :

मन्त्री शाहीमाथि स्वकीय सचिवकी श्रीमतीलाई बलात्कार गरेको आरोप 

कालिकोट : कर्णाली प्रदेश सरकारका एक मन्त्रीलाई बलात्कार आरोप लागेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको हो।

भिडियोमा पीडित महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढकढक्याएको आवाज सुनिन्छ। पीडित महिलाले ढोका खोल्छिन्। खाटमा बस्ने बित्तिकै मन्त्री शाहीले उनलाई अंगालोमा बेर्छन्।

प्रहरीको सम्पर्कमा पुगेका पीडितहरुले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्। जति बेला शाही प्रदेश सांसद मात्रै थिए। प्रहरीसम्म यो घटना ढिलोगरी पुग्नुमा पीडितहरुले तत्कालीन सांसद एवम् हालका मन्त्री शाहीसँग ‘रकमको बार्गेनिङ’ गरेको देखिन्छ। कानुन व्यवसायीसँग छलफल गर्न पठाएका पीडित युवक गत शुक्रबार मध्यराति भेरी पुलमा कुटिएको घटनाबाट प्रहरी गम्भीर बनेको छ।

पीडित महिलाका अनुसार मन्त्रीका स्वकीय सचिवले भने छलफलका लागि भन्दै राति ९ गतेतिर गाडीमा राखेर मन्त्रीका अंकलका छोराले लगेका थिए। उनीहरु छिन्चु बजार पुगेर एक होटलमा मदिरापानसहित छलफलमा जुटेका थिए। फर्केर आउदा भेरीको पुलमा विवाद भयो। उक्त विवाद पारिवारिक नै थियो। तर घटना विवरण अनुसार छिन्चुमा लेनदेनको विषय नमिलेपछि उनीहरु वीरेन्द्रनगर फर्किएका थिए। वीरेन्द्रनगर फर्किनेक्रममा स्वकीय सचिव र शाहीले पीडित महिलाका श्रीमानलाई राति साढे १२ बजेतिर कुटपिट गरेका थिए। प्रहरीले साढे १ बजेतिर युवकको उद्दार गरेको थियो।

उनले श्रीमान सम्पर्कविहिन भएदेखि आफुले चार दिनदेखि खाना पनि नखाएको बताइन्। ‘मन्त्रीका स्वकीयले बोलाएर गएको, मध्यराति प्रहरीले भेरी पुलबाट उद्दार गरेको थाहा छ,’ उनले भनिन्, ‘त्यसयता श्रीमानको अत्तोपत्तो छैन्।’ उनले श्रीमान फेला नपर्दासम्म बलात्कारको विषयमा केही नबताउने बताइन्।

यता कृषिमन्त्री शाहीले सांसद हुँदा स्वकिय राखेका आर्थिक हिनामिना गरेका कारण आफुले स्वकिय राख्नबाट हटाएको र त्यसैको रिसमा श्रीमतीसँग कृत्रिम भिडियो बनाएर धम्की दिएको बताए। उनले भने, ‘यो बारम्बारको बार्गिनङ हो। उसँग दुई वर्ष अगाडि देखि बोलचाल बन्द छ। विभिन्न योजना हालिदिनका लागि बाराम्बार मलाई दबाब पनि दिएको छ।’

यता कृषि मन्त्रीका पूर्व स्वकिय कसैको सम्पर्कमा छैनन। उनी श्रीमतिको पनि सम्पर्कमा छैनन्। मन्त्रीकै आफन्तले पूर्व स्वकियई बेपत्ता बनाएको हुन सक्ने अनुमान गरिएको छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 148
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    148
    Shares

प्रतिक्रिया दिनुहोस !