लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत, पक्ष र विपक्षमा कति आयो भोट ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा उनको पक्षमा ४२ मत आयो । आज मतदानमा सभामुख बाहेक ४३ जना रहेका थिए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक बहिस्कार गरेको कारण उनको विपक्षमा एक मत पनि आएन । तटस्थमा एक मत परेको सभामुख पूर्ण बहादुर घर्तीले घोषणा गरे । लुम्बिनी सभामा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसद छन् । एक स्वतन्त्र तथा एमालेका ३८ जना छन् । जसमा केसीले ४२ मत पाएका हुन् ।

उनी ५ दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्न सफल भएका हुन् । एमालेले बैठक बहिष्कार गरेपछि उनले आक्रोश पोख्दै एमालेमा राजनैतिक संस्कार नभएको बताएका थिए ।

‘कर्ट्सीकै लागि भए पनि शुभकामना प्राप्त होला भन्ने ठानेको थिएँ’ उनले भने, ‘यति पाको राजनीतिक पार्टी राम्रै संस्कार होला भन्ने थियो । सत्ता बहिर्गमनको आक्रोश भए पनि आन्दोलनको सहयात्री हुनुको नाताले कर्टसीकै रुपमा भए पनि अगाडि बढाउनुपर्थ्यो ।’

‘मलाई विश्वासको मत नदिनुपर्ने कारण नै छैन’ मुख्यमन्त्री केसीले भने । विपक्षी एमालेलाई आवेग, इर्श्या र बदलावको भाव नराख्न मुख्यमन्त्री केसीले आग्रह गरे । आफू मुख्यमन्त्री बनेपछि एमालेले शुभकामना पनि नदिएको केसीले गुनासो गरे । संविधानले निर्दिष्ट गरे अनुसार विपक्षी दलसंग पनि संवाद, सहमति र सहकार्य गरेर अघि बढ्न सरकार प्रतिवद्ध रहेको मुख्यमन्त्री केसीले बताए ।

लोकतन्त्र र संविधानको रक्षा तथा संघीयता कार्यान्वयन सरकारको प्राथमिकता हुने मुख्यमन्त्री केसीले बताए । कोभिड(१९ लाई नियन्त्रण र रोकथाम नव गठित सरकारको पहिलो प्राथमिकता हुने मुख्यमन्त्री केसीले बताएका छन् ।

उनले कोभिड नियन्त्रण, रोकथाम तथा नागरिकलाई खोप आफ्नो पहिलो प्राथमिकतामा भएको बताए । उनले मन्त्रिपरिषदले पूर्णता पाउन साथ राजधानी व्यवस्थापन, रोजगारी बढाउने काम अगाडि बढाउने बताए ।

उनले प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको प्रति टिप्पणी गर्दै मूल पार्टी भन्ने एमालेले बैठक बहिष्कार गरेर राजनितीक संस्कार नदेखाएको बताए । उनले आफूले लोकतान्त्रिक संस्कार स्थापना गर्न सहकार्यको बातावरण बनाउन सहयोगात्मक र रचनात्मक भुमिका विपक्षी सामु राख्ने समेत बताए ।

उनले आवधिक योजना व्यववहारमा देखिने गरी कार्यान्वयन गर्नुका साथै समृद्ध प्रदेश, खुसी जनताको नारालाई जनताले साच्चै अनुभूति गर्ने गरी काम गर्ने बताए । त्यसबाहेक उनले संघियताको प्रभावकारिता कार्यान्वयनसंगै अघिल्लो प्रदेश सरकारले अघि सारेका रणनीतिक प्रभावका योजनालाई निरन्तरता दिने समेत बताए ।

एमाले भन्छ – हामीसँग सल्लाह भएन
तर नेकपा एमालेले भने सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही नगरेसम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने बताएको छ । त्यसै अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेका कोही पनि सांसद सहभागी भएनन् ।

एमालेले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे आफूहरुलाई जानकारी नभएको बताएको छ । एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले भने ‘हामीले हाम्रो कुरा प्रदेशसभाको बैठकमा नै राखेका छौं, उहाँहरुले त्यसपछि सल्लाह गर्नुभएको छैन ।’

आफूले कारवाही गरेका सांसद विमला ओली र अजय शाहीलाई प्रदेशसभा सचिवालयले पदमुक्त नगरेपछी एमाले आक्रोशित बनेको छ । एमालेले संसदबाटै सभामुख पूर्णबहादुर घर्तीलाई ठेगान लगाइदिने चेतावनी समेत दिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 355
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    355
    Shares

प्रतिक्रिया दिनुहोस !