रोकिराखेको कारसँग अर्को कार ठोक्कियो

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

चितवन – नारायणगढ मुग्लिन सडकखण्डको दासढुङ्गामा रोकिराखेको कारलाई अर्को कारले ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका २९ स्थित दासढुङ्गामा नजिक मुग्लिनबाट नारायणगढ तर्फ आईरहेको ग २ च ५८३१ नम्बरको कार आँफै अनियन्त्रित भइ सोही स्थानमा रोकिराखेको प्रदेश३-०१-०२४ च ८५४० नम्बरको कारसँग ठोक्किएको हो ।

दुर्घटनामा परी ठक्कर दिने कारमा सवार भरतपुर ६ गीतानगरकी २३ वर्षीया सिता न्यौपाने सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरतर्फ ल्याइएको छ ।

कारले ठक्करबाट घटनास्थलमा रहेको जयराम मगरले सञ्चालन गरेको सौरभ होटलमा समेत सामान्य क्षती पुगेको ट्राफिक प्रहरीले जनाएको छ । दुबै सवारी साधन र चालक प्रहरी चौकी जुगेडीको नियन्त्रणमा रहेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 411
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    411
    Shares

प्रतिक्रिया दिनुहोस !