माधव नेपालका नेतालाई निर्वाचन आयोगले किन समय तोकेरै बोलायो ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं, ८ भदौ निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि सनाखत गर्न नेताहरुलाई समय तोकेर बोलाएको छ । एमालेबाट अलग्गिएर माधवकुमार नेपालले एकीकृत समाजवादी दल दर्ताका लागि आयोगमा दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाइएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एकीकृत समाजवादी दल दर्ताका लागि नेताहरुको सनाखत गर्न बुधबार बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म कार्यालयमा उपस्थित हुन समय तोकेको जानकारी दिए ।  एकीकृत समाजवादी पार्टीका नेताहरु अहिले चन्द्रागिरीमा भेलामा छन् । बेलुकासम्म नेताहरु फर्कने तयारीमा छन् ।

काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेताहरूलाई सनाखत गर्न बुधबारका लागि बोलाएको छ। माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई खनाखतका लागि आयोगले समय दिएको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार बिहान ११:३० देखि दिउँसो २ बजेभित्र सनाखत गर्न भौतिक रूपमै उपस्थित हुनुपर्ने बताए। सरकारले अध्यादेश ल्याएपछि एमालेका सांसद तथा केन्द्रीय सदस्यहरूले नेता नेपाल अध्यक्ष हुने गरी नयाँ दल दर्ता गर्न निवेदन दिएका थिए भने आयोगले नै जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष दलविहीन भएको थियो।

आयोगमा कोही उपस्थित सकेन र पत्रमार्फत् सनाखतका लागि आग्रह आएमा के गर्ने भन्ने आयोगले पछि निर्णय गर्ने उनले बताए। पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता छन्। उनी उपचारका लागि भारतमा छन्।

दिल्ली दूतावासबाटै सनाखतको व्यवस्था मिलाउन झलनाथ खनालले पठाए आयोगमा निवेदन- पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नेकपा (एकीकृत समाजवादी)मा रहेको निर्वाचन आयोगमा जानकारी गराएका छन्।

आयोगले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाललगायतलाई बुधबारका लागि सनाखतमा आउन समय दिएको छ। तर खनाल भारतमा छन्। उनी स्वास्थ्य उपचारमा छन्। खनालले आज आयोगमा पत्र पठाएर आफू नेकपा (एकीकृत समाजवादी) मा रहेको र दिल्ली दूतावासमार्फत् सनाखतको व्यवस्था गर्न निवेदन पठाएर माग गरेका छन्।

‘दूतावासमै सनाखत गर्ने व्यवस्था गराई पाऊँ भनेर आयोगमा एउटा निवेदन प्राप्त भएको छ,’ आयोगका सचिव सुरेश अधिकारीले भने, ‘निवेदन आएको छ तर त्यसउपर कुनै कारबाही भएको छैन।’

आयोगले भौतिक उपस्थितिमै सनाखत गराउने कानुनी व्यवस्था रहेको अधिकारीले बताए। ‘यसबारे के गर्ने भन्ने आयोगको बैठकपछि निर्णय होला,’ उनले भने, ‘केही कानुनी अप्ठ्यारा छन्, यो विषय आयोगमा छलफलको क्रममा छ।’

आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई बुधबार बिहान ११:३० देखि दिउँसो २ बजेभित्र सनाखतका लागि भौतिक रूपमा उपस्थित हुन समय दिएको छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

प्रतिक्रिया दिनुहोस !