सर्वाेच्चले विद्युत प्राधिकरणमा कुलमानको नियुक्तबारे के दियो निर्णय ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध निवर्तमान कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले दिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा घिसिङविरुद्ध परेको रिटको सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गर्दै नियुक्तिसम्बन्धी फाइल ल्याउन आदेश दिएको छ ।आफू उक्त पदमा रहँदा रहँदै घिसिङलाई गरिएको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्चमा रिट हालेका थिए । कुलमानलाई गरिएको नियुक्ति कानूनविपरीत रहेको भन्ने जिकिर शाक्यको थियो ।

प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गरिपाऊँ भन्दै पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भदौ १ गते सर्वोच्चमा उत्प्रेषणको आदेश माग गर्दै रिट दायर गरेका थिए । भदौ २ गते पेसीमा चढे पनि उक्त रिट हेर्न नभ्याइने सूचीमा परेको थियो ।

त्यसपछि मंगलबारको पेसीमा अन्तरिम आदेश जारी नभए पनि प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय, कुलमानलाई प्राधिकरणमा नियुक्ति गर्ने मन्त्रीपरिषद्को निर्णय र नेपाल विद्युत् प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सम्झौताको सक्कल फाइल ३ दिनभित्र झिकाउन आदेश भएको हो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 152
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    152
    Shares

प्रतिक्रिया दिनुहोस !