दिल्लीबाट झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी)को बैठकमा के भनेर सम्बोधन गरे ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

भारतको नयाँ दिल्लीमा उपचाररत नेता झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी)को बैठकलाई सम्बोधन गरेका छन् । चन्द्रागिरिमा रिसोर्टमा जारी सो पार्टीको केन्द्रीय समिति बैठकलाई नेता झलनाथ खनालले मंगलबार भर्चुअल रूपमा सम्बोधन गरेका हुन् ।

त्यस क्रममा वरिष्ठ नेता खनालले नयाँ पार्टी निर्माणका लागि विद्रोह गरेको भन्दै पार्टीलाई अनुशासित, एक ढिक्का र सामूहिक ढङ्गले अगाडि बढाउनुपर्ने बताए । त्यस्तै उनले नयाँ क्रान्तिकारी पार्टी अघि बढाउन ठुलो चुनौती भए पनि त्यतिकै सम्भावना पनि रहेको बताए ।

‘हामीसामु ठुलो चुनौती छ तर तर सम्भावना पनि छ । हाम्रो सफलता सुनिश्चित छ । बाटो सजिलो छैन, काँडा र भीरपाखाहरु छन् । हामी भीर पाखामै हुर्केका हौ,त्यसैले हामी सफल हुन्छौ’, नेता खनालको भनाइ छ ।

उनले आम नेता कार्यकर्ताले केपी ओलीको दमन र दक्षिणपन्थी अवसरवाद नबिर्सेको भन्दै पार्टीको वैचारिक क्रान्तिकारी दिशा महत्त्वपूर्ण हुने र त्यसैले पार्टीको दिशा तय गर्ने बताए ।

आफू अस्पतालको शय्याबाट बोलिरहेको भन्दै उनले नेपालमा रहेका साथीहरूलाई सबभन्दा पहिला पार्टी दर्ता गर्न सुझाव पनि दिए । ‘पहिला पार्टी दर्ता गरौँ त्यसपछि पार्टीका नीति सिद्धान्त अपडेट गर्नुपर्छ’, खनालको सुझाव छ । उनले एमाले स्थायी समितिका धेरै साथीहरूलाई मध्यपन्थी दृष्टिकोणले निकै नराम्रोसँग अल्झाएको बताए ।

‘मध्यपन्थ भनेको पनि अवसरवादको एउटा रूप हो । त्यसले अन्तिममा दक्षिणपन्थलाई सघाउँछ’, खनालले मध्यमार्गी नेताहरूप्रति लक्षित गर्दै भने, ‘तर मध्यपन्थको आयु कहिल्यै पनि लामो हुँदैन । यसको आयु छोटो हुन्छ, अल्पायु हुन्छ ।’

उनले दक्षिणपन्थी अवसरवादमाथि दरिलो हमला गर्नुपर्ने भन्दै उनले त्यति नै क्रान्तिकारी मार्क्सवादको विकास गर्न सकिने बताए । आफूहरूसँग सशक्त वैचारिक क्रान्तिकारी शक्ति निर्माण गर्नसक्ने क्षमता रहेको भन्दै त्यो शक्तिले ठुलो परिवर्तनको महसुस गर्न सकिने बताए । उनले जनवादी क्रान्ति पुरा गरिसकेको भन्दै जबजको युग सकिएको बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 771
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    771
    Shares

प्रतिक्रिया दिनुहोस !