सकियो एमाले बैठकः के-के भए बैठकमा निर्णयहरु ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटि बैठक सम्पन्न भएको छ । ८ महिना पछि माधव कुमार नेपाल पक्ष छोडेका १० नेताहरुसहितको संयुक्त बैठकले पार्टीको दशौं महाधिवेशन आगामी मंसिर १०, देखि १२ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ ।

माधव नेपाल छाडेर फर्किएका स्थायी कमिटी सदस्यसहितको बैठकले सहमतिका आधारमा महाधिवेशनको मिति तोकेको हो ।

त्यस्तै भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशन पनि सरेको छ । विधान महाधिवेशन असोज पहिलो ५ र ६ गते हुने भएको छ । स्थानीय तहका अधिवशेनहरुको मिति पनि सारिएको छ ।

यस्तै बैठकले २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन सबै पदाधिकारी र सदस्यलाई निर्देशन दिएको छ । पार्टीका सबै पदाधिकारीलाई काममा फर्किन निर्देशन दिने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘सबै तहका पार्टी कमिटी र जनसंगठनलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने,’ प्रवक्ता ज्ञवाली भने, ‘१० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटीमा प्रेषित गर्ने निर्णय भएको छ ।’

माधव नेपालसँग अलग्गिएको मध्यमार्गी समूहसहित पूर्वमाओवादी समूहसमेत यो बैठकमा सहभागी भएको थियो । बैठकपछि एकताको सन्देश दिन सामूहिक फोटोसेसन गरियो ।

फोटोसेसन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दायाँ र बायाँ क्रमश: उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल थिए । उनीहरू दुवै माधव नेपालबाट अलग भएर मूलधारमा आएका हुन् ।

एमाले पार्टी कार्यालयमा रहेको तुल्सीलाल अमात्यको सालिकअगाडि फोटोसेसन भएको थियो । तस्बिरमा सबै नेताहरू हर्षित मुद्रामा देखिएका छन् ।

गत पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि स्थायी कमिटी बैठकमा पहिलोपटक माधव नेपाल समूहको ठूलो हिस्सा सहभागी भएको हो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 85
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    85
    Shares

प्रतिक्रिया दिनुहोस !