काठमान्डौमा नि’षे’धा’ज्ञा लम्बियो, यस्ता छन् नयाँ नियम

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं उपत्यकामा राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी संचालनमा गर्न पाइने भएको छ । यसअघिको निर्णयलाई खारेज गर्दै स्थानीय प्रशासनले नयाँ निर्णय गरेको हो ।

मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसअघि गरिएको निर्णयमा पुनर्विचार गर्दै सो निर्णय खारेज गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार अब भदौ ९ गतेदेखि राति ८ बजेपछि पनि निजी तथा सार्वजनिक सवारी संचालन गर्न पाइनेछ ।

यसैबीच उपत्यकामा नि’षे’धा’ज्ञा’को अवधि थप एक हप्ता लब्याउने निर्णय गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुली, भक्तपुरका प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रजिअ ढुन्डी प्रसाद निरौलाले को’रो’ना सं’क्र’मणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै भदौ १६ सम्म नि’षे’धा’ज्ञा’को अवधि थप गर्ने निर्णय गरेका हुन् ।

स्थानीय प्रशासनले सभा, सम्मेलन, सिनेमा हल, डान्सबार, स्विमिङ पुल र खेलकुद प्रतियोगिता आयोजना गर्न रोक लगाउनको यसअघिको निर्णयलाई निरन्तरता दिएको छ ।

जुलुस गर्न र भौतिक उपस्थितिमा शैक्षिक संस्था संचालन गर्न पनि रोक लगाइएको छ । स्थानीय ढुवानी बिहान ९ देखी ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न पनि रोक लगाइएको काठमाडौंका प्रजिअ पराजुलीले बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 102
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    102
    Shares

प्रतिक्रिया दिनुहोस !