यी ४ सांसद माधव नेपाल पक्षमा जान खोज्दा किन रोकिए ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं, ९ भदौ । नेकपा एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहन हस्ताक्षरसहित पुगेपनि ४ सांसद रोकिने भएका छन् । कानूनी व्यवधानले ४ सांसद रोकिएका छन् ।

रोक्किएकाहरुमा सोमप्रसाद पाण्डे, राजेन्द्र राई, माया ज्ञवाली र शारदा भट्ट हुन् । उनीहरुले एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पत्र बुझाउँदा हस्ताक्षर गरेका थिएनन् । पाण्डे माधव नेपालका निकटस्थ हुन् । उनले एमाले एकताका लागि भन्दै हस्ताक्षर बुझाएनन् ।

राजेन्द्र राई, माया ज्ञवाली र शारदा भट्ट पनि अन्तिम समयमा माधव नेपाल पक्षमा पुगेका हुन् । ३० सांसदको सनाखत भइसकेको छ । ४ जनाको सनाखत स्वीकृत गरिए माधव नेपाल पक्षमा ३४ सांसद पुग्नेछन् । जसमध्ये एकजना राष्ट्रिय सभाका सांसद वेदुराम भुसाल छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

प्रतिक्रिया दिनुहोस !