‘मै भाग्यमानि’ भन्दै केपी ओली नाचेको भिडियो भाइरल (भिडियो सहित)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यक्तिगत जीवनमा जति नै संकट पर्दा पनि त्यसलाई भुलेर रमाइलो गर्न रुचाउने नेता हुन् ।

नेकपा एमाले विभाजन भएकै दिन बुधबार बालकोटस्थित आफ्नो निवासमा ओलीले पत्नी राधिका शाक्यको जन्म दिन मनाए । यसक्रममा उनी ‘म त कति भाग्यमानी’ बोलको गीतमा छमछमी नाचे ।

बुधबारै दिउँसो तुल्सीलाल प्रतिष्ठानमा नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सवा घण्टा बढी समय बिताएका थिए । दिउँसोको कार्यक्रम सकिएपछि बालकोटमा आफ्ना सीमित कार्यकर्तासँग नाचेर उनले पत्नी राधिका शाक्यको जन्म दिन मनाएका हुन् ।

अहिले सामाजिक संजालमा एमाले अध्यक्ष नाचेको भिडियो जताततै भाइरल भएको छ। भिडियो हेर्ने जनताहरुले मिस्रित प्रतिक्रिया दिइरहेका छन । तलको भिडियोमा हेर्नुहोस

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 126
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    126
    Shares

प्रतिक्रिया दिनुहोस !