३५ वर्ष देखि छोराको बाटो हेर्दै बाबुआमा फोटो आयो छोरा आएनन्

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

धादिङ : धादिङको थाक्रे गाउँपालिका वडा नं ५ सुर्य बहादुर तामाङ ३५ वर्ष अघि देखि परिवारको सम्पर्कमा नरहेपछि आमाबुवा तनावमा रहेका छन् । शारिरीक रुपमा अशक्त हुदै जान थालेपछि छोराको धेरै याद आउने गरेको आमा जेठी तामाङले बताइन् ।

३ वर्षको उमेरमा सुकेनास लागेर उपचार गर्नको लागि छोरालाइ काठमाण्डौ लगेका तामाङ परिवारको सम्पर्क एक अमेरीकन दम्पतीसंग भएको थियो । काठमाण्डौ कालिमाटी नजिकै रहेको अस्पतालमा उपचारको लागि लैजादा ती अमेरीकन दम्पती संग भेट भएको र पछि उनैले उपचारको लागि अमेरिका लगेपछि अहिलेसम्म सम्पर्क विहिन भएको परिवारले जानकारी दिएको छ ।

बेपत्ता सुर्यका बाबु बलरामले (बागसिंह) भने, ‘लैजाने बेलामा उतै लगेर पढाइदिने, उपचार गरिदिने र ३÷३ वर्षमा फिर्ता ल्याइदिने भनेका थिए, गएदेखि कुनै खवर छैन ।’

उपचार गराउन लैजाने बेलामा आफुले नागरिकता समेत नबनाएको र आफ्नो नाम उता लैजाने कागजपत्रमा बलराम उल्लेख गरिएको बेपत्ता सुर्यका बाबु बागसिंह तामाङले बताए ।

छोरालाइ सम्पर्क गर्ने कुनै माध्ययम नभएपनि केही सन्देशहरु लेखेर अमेरीकन दम्पतीसंगै बसेको छोराको केही थान फोटोहरु हुलाकमार्फत आएको बलरामले बताए ।

‘अहिले छोराको याद आउँदा हेर्ने यही एउटा फोटो छ, फोटोको पछाडी के के लेखिएको छ केही बुझिदैन ।’ बलरामले भने, ‘जेठो छोरो हो, विर्सन्छु भने पनि सम्झना आइहाल्छ, छोरो सम्झेर आँसु आइहाल्छ ।’

आफ्नो अरु २ भाइ छोरा रहेपनि मर्नुअघि जेठो छोरोका अनुहार हेरेर मर्नपाए मनलाइ शान्ति मिल्ने आमा जेठीले भावुक हुदै बताइन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 71
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    71
    Shares

प्रतिक्रिया दिनुहोस !